पहिरोले बन्दीपुरमा ३ घर पुर्‍यो, २ जनाको मृत्यू

सविन लामिछाने
असार १७, २०७८
Bandipur

दमौली । बन्दीपुर ३ तामुङमा पहिरोले ३ घर पुरेको छ । पहिरोबाट २ जनाको घटना स्थालमा मृत्यू भएको बन्दिपुर गाँउपािलका वडा नं. ३ का वडा सदस्य खड्ग बहादुर थापाले बताए ।

पहिरोबाट सोही वडाका करिब ३० बर्षीय सरस्वती थपा र ७० बर्षीय हरिमाया बसेलको निधन भएको थापाले बताए । पहिरोबाट ३ जना घाइते भएका छन् । १ जनाका अवस्था गम्भीर छ ।

माथिबाट खसेको पहिरोले घर पुरेको गाउँपालिकाका उप–प्रमुख करुणा गुरुङले बताइन् । घटनास्थलसम्म पुग्ने बाटो पहिरोले बगाएकोले जनप्रतिनिधिह पुग्न नसकेको उनले बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width