स्याङ्जा । स्याङ्जामा निषेधाज्ञा एक साता थप भएको छ ।
सोमबार १२ बजेदेखि सकिँदै गरेको निषेधाज्ञालाई पुनः १५ गते सम्मका लागि बढाइएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालद्वारा जारी आदेशमा उल्लेख छ ।
स्याङ्जामा कोरोना संक्रमण जोखिम रहेको जनाउँदै निषेधाज्ञाको समय थप गरिएको हो ।
निशेधाज्ञा भने केही सहज र खुकुलो बनाइएको छ । रातो नम्बरका गाडीहरुमा जोर बिजोर प्रणालीमा सुरु गर्न सकिने र बैंक तथा वित्तीय संस्था स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न सकिने भएको छ ।
औषधीजन्य सामग्री बाहेक खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ बजेदेखि १२ बजेसम्म खुल्ला राखिने निर्णय भएको छ । यसअघि, कुनै पनि सवारी साधन चलाउन पाइएको थिएन भने अत्यावश्यक वाहेकका पसल बिहान ५ बजेदेखि ११ बजेसम्म मात्र खोल्ने अनुमति थियो ।
अत्यावश्यक काम बाहेक घरबाट ननिस्कन प्रशासनको आग्रह छ । आदेशमा निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अत्यावश्यक काम बाहेक कुनैपनि व्यक्ति घर बाहिर ननिस्कन र सबै प्रकारका गोष्ठी, तालिम, सभा, सम्मेलन, सेमिनार गर्न, मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न, मेला महोत्सव गर्न तथा कुनै प्रकारको खेलकुद प्रतियोगिता सञ्चालन गर्न निषेध गरिएको छ ।
यसैगरी, विवाह, व्रतबन्ध एवं अन्य संस्कारजन्य कार्यक्रमहरु घरमै सञ्चालन गर्नुपर्ने र त्यस्ता कार्यक्रमहरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा अपनाई (विवाहको हकमा दुवै पक्ष गरी) १५ जना भन्दा बढी सहभागी हुन पाइनेछैन । मठ मन्दिरहरु तथा विभिन्न धार्मिकस्थलहरुमा परम्परागत रुपमा गरिने नित्य पूजा बाहेक अन्य सम्पूर्ण सामाजिक, साँस्कृतिक र धार्मिक गतिविधिहरु सञ्चालन नगर्ने, बैंक तथा वित्तीय संस्थाका सेवाहरु स्वास्थ्यका मापदण्डलाई पूर्ण रुपमा पालना गरी सञ्चालनमा गर्ने र कामदार तथा सुपरभाइजर यथास्थानमा रही स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर मात्र विकास आयोजना सञ्चालन गर्ने पाइने भएको छ । स्याङ्जामा गत वैशाख २१ गतेदेखि सुरु निषेधाज्ञा पटक पटक थप भएको हो ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
hero news full width
मुख्य समाचार
पोखरा देशभरकै प्रदूषित सहर
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१