गण्डकीको बजेट ३० अर्व

आदर्श समाज सम्वाददाता
असार १, २०७८
cm nepali

पोखरा ।
गण्डकी सरकारले आगामी वर्षका लागि ३० अर्व ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । १३ अर्व ६ करोड ४७ लाख चालू तर्फ र १६ अर्व ७३ करोड ४६ लाख पुँजीगत तथा २४ करोड वित्तिय व्यवस्थापन तर्फ बजेट विनियोजन गरिएको छ ।

पूरा बजेट मध्ये नेपाल सरकारबाट वित्तिय समानीकरण अनुदान ७ अर्व ४२ करोड पाएको छ । शसर्त अनुदान ४ अर्व १८ करोड, समपुरक अनुदान ८७ करोड, विशेष अनुदान ५४ करोड, राजश्व बाँडफाँट ७ अर्व ६२ करोड र रोयल्टीबाट ३० करोड पाउने अनुमान छ ।

प्रदेशले ४ अर्व ९७ करोड आन्तरिक आम्दानीबाट व्यहोर्ने छ । यो वर्ष खर्च नहुने २ अर्व १० करोड पनि बजेटमा समावेश गरिएको छ । अपुग २ अर्व मध्ये आन्तरिक ऋण १ अर्व र नेपाल सरकारबाट १ अर्व ऋणबाट पुर्ति गरिने अर्थमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width