प्रदेश प्रमुख निवास अगाडि झडप, ३१ सांसदको धर्ना जारी

आदर्श समाज सम्वाददाता
जेठ २९, २०७८
jhadap

पोखरा । वैकल्पिक सरकार निर्माण्को दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समय सकिएपछि उनको निवासमा पुगेका विपक्षी सांसद भित्र प्रवेश नपाएपछि धर्नामा बसेका छन् ।

सरकार निर्मााणका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेस गरेपछि प्रदेश सभा विघटन हुने आशंकामा त्यसो हुन नदिन उनीहरु त्यहाँ पुगेका हुन् ।

उनीहरुसँगै पुगेका विद्यार्थी र तरुणसँग प्रहरीको सामान्य झडप भएको छ । अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

अहिले प्रदेश प्रमुख निवास वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width