वैकल्पिक सरकारका लागि पृथ्वीसुब्बाको पनि दाबी

आदर्श समाज सम्वाददाता
जेठ २९, २०७८
ps subba

पोखरा । गण्डकी प्रदेशमा वैकल्पिक सरकार निर्माणका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेस गरेका छन् ।

जनमोर्चाका कृष्ण थापा र जनता समाजवादी पार्टीको प्रदेश कमिटीको पत्रका आधारमा उनले दाबी पेस गरेका हुन् ।

सरकार बनाउन भन्दा पनि अर्को सरकार बनाउन नदिन र संसद विघटनतिर लैजान यो चलखेल भइरहेको बुझिएको छ ।

जनमोर्चाका २ र जसपाका २ सांसदको समर्थन विपक्षी गठबन्धनलाई कायमै छ ।

मुख्यमन्त्री गुरुङले प्रदेश सभाबाट विश्वास गुमाएसकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width