किन चल्यो गण्डकीमा संसद विघटनको हल्ला

आदर्श समाज सम्वाददाता
जेठ २९, २०७८
parle netra subba

पोखरा । बहुमत सदस्यसहित हस्तारक्षर लिएर सशरीर उपस्थित भएको प्रतिपक्षी सांसदको टोलीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज दिउँसो ३ बजेसम्म समय छ भनेर फर्काइदिइन् । ३ बजे अगावै खबर आउँछ कि भने प्रतिपक्षी सांसदहरु कुरेर बसिरहेका छन् ।

तर ३ बज्न केहीबेर बाँकी रहँदा जनमोर्चाले कारवाही गरेका सांसद कृष्ण थापा प्रदेश प्रमुखको निवासमा प्रवेश गरेर बाहिरिनुलाई शंकाकै रुपमा हेरिएको छ । प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरे समेत थापा निस्केको केहीबेर पछि निस्किएका छन् ।

अहिले सरकारी अधिकारीहरु कोही सम्पर्कमा आउन त चाहेका छैनन् । तर प्रतिपक्षीहरु सरकारले कुनै नै कुनै तिकडम गरेर विघटनको खेलमा लाग्छ कि भन्ने आशंकामा छन् । बाहिर हल्ला पनि विघटनकै चलिरहेको छ ।

तर विपक्षीहरुले बहुमत देखाइसकेको अवस्थामा संसदबाट विश्वास गुमाइसकेको सरकारले संसद विघटन गरेमा सरासर असंवैधानिक हुने छ । तर केन्द्रमा जसरी ओली सरकारले पेलेर लगेको छ अन्त पनि त्यसैगरी जान निर्देशन आएकाले विघटन भइहाले पनि अनौठो मान्नु पर्ने अवस्था नहरेको एमालेकै एक सांसदले बताएका छन् ।

वैकल्पिक सरकार गठनका लागि दिएको २४ घन्टे म्याद भर्खरै ३ बजे सकिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width