पत्रकार र उद्यमीलाई संघको सहयोग

आदर्श समाज सम्वाददाता
जेठ २९, २०७८
Mask

स्याङ्जा । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले पत्रकार महासंघ र महिला उद्यमीलाई नगद र मास्क उपलब्ध गराएको छ ।

संघका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी र कोषाध्यक्ष रमेश गोदारलाई ५ सय वटा मास्क र नगद ५ हजार नगद सहयोग गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघबाट मास्क उपलब्ध भएको हो । ५ हजार नगद भने अध्यक्ष श्रेष्ठले व्यक्तिगत जम्मा गरिदिने बताए ।

यसैगरी, उद्योग वाणिज्य संघ अन्र्तगतको महिला उद्यमी समितिका अध्यक्ष इन्द्रेणी अधिकारी, सचिव देवु लम्साल र कोषाध्यक्ष सुनिता श्रेष्ठलाई ५ सय वटा सर्जिकल मास्क उपलब्ध गराएको हो ।

मास्क हस्तान्तरण गर्दै अध्यक्ष श्रेष्ठले कोरोना संक्रमणका बेला पनि अग्रभागमा उभिएर काममा खटिने पत्रकार र उद्यमी महिलालाई लक्षित गर्दै मास्क उपलब्ध गराएको जनाए । नेपाल उद्योग वाणिज्य महासंघले स्याङजालाइ ती मास्क उपलब्ध भएका हुन् । कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारीले पत्रकारले विषम परिस्थितिमा पनि पत्रकारितामा क्रियाशील रहेको भन्दै गरिएको मूल्यांकनप्रति संघका अध्यक्ष र संघ परिवारप्रति आभार व्यक्त गरिन् । उनले भनिन् ‘नगद ५ हजार पत्रकार कल्याण कोषमा जम्मा गरिने उनले बताइन् ।’

सो अवसरमा संघका महासचिव रामचन्द्र नेपाल, सचिव मित्रबन्धु पोखरेल, महिला उद्यमी इन्द्रेणी अधिकारी लगायतले संघले विगतदेखि गर्दे आएको सहयोगको चर्चा गर्दै समाजसेवामा सघ क्रियाशील रहनुपर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width