विश्वासको प्रस्तावमाथि छलफल सकियो, ३० मिनेटलाई बैठक स्थगित

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७८
speaker

पोखरा । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीससुब्बा गुरुङले पेस गरेको विस्वासको प्रस्तावमाथि छलफल सकिएको छ ।

छलफलमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल, एमालेका मुख्य सचेतक मायानाथ अधिकारी, माओवादी केन्द्रका हरिबहादुर चुमान, जनमोर्चा नेपालकापियारी थापा र जनता समाजवादी पार्टी दलका नेता हरिशरण आचार्यले भनाइ राखे ।

अधिकारी वाहेक सबैले प्रस्तावको विपक्षमा मत जाहेर गर्ने र त्यही अनुसार सांसदहरुलाई निर्देशन गरिएको बताए ।

बैठक ३० मिनेटका लागि स्थगित भएको छ ।

अबको बैठकमा मत विभाजन सम्बन्धी कार्य हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width