निजी क्षेत्रलाई खोप खरिदको स्वीकृति दिन पोउवा संघको माग

आदर्श समाज सम्वाददाता
जेठ २६, २०७८
pcci

पोखरा । पोखराका उद्योगी व्यवसायीले निजी क्षेत्रलाई समेत खोप खरिदको स्वीकृति दिन सरकारसमक्ष माग गरेका छन् ।

पोखरा उद्योग वाणिज्य संघले मंगलबार विज्ञप्ति जारी गरी कोरोनाविरुद्धको खोप नै अहिलेको मूल आवश्यकता भएको उल्लेख गर्दै सो माग गरेको हो ।

‘पोखरा उद्योग वाणिज्य संघले आफ्नो छाता संगठनमार्फत निजी क्षेत्रलाई खोप खरिदका लागि स्वीकृति दिन सरकारसँग निरन्तर माग गरिरहेका छ । सरकारले स्वीकृति दिएमा संघ नेपाल उद्योग वाणिज्य महासंघसँगको समन्वयमा खोप खरिद गरी उद्योगी व्यवसायी, व्यावसायिक संस्थामा कार्यरत कर्मचारी र मजदुर एवं आमनागरिकलाई खोप उपलब्ध गराउन तयारी अवस्थामा छ । सरकारले स्वीकृति दिनानाथ खोप व्यवस्था र वितरण गर्न हामी प्रतिबद्धता व्यक्त गर्दछौं,’ संघतर्फबाट महासचिव सुरेन्द्रमान बिजुक्छेमार्फत जारी विज्ञप्तिमा उल्लेख छ ।

जारी निषेधाज्ञाका कारण व्यावसायिक प्रतिष्ठान बन्द छन् । घरभाडा र बैंक व्याजले पिछा छोडेका छैनन् । यस्तो अवस्थामा जटिलता बुझी आपसी समझदारीमा भाडा छुट र सहुलियत व्यवस्था मिलाउन पनि संघले अपील गरेको छ । साथै कर्जाको व्याज र किस्ता समयमा भुुक्तानी नहुुनुलाई स्वभाविक ठानी किस्ता र व्याजको समयसीमा परिवर्तन एवं छुट व्यवस्थासहित संघ सरकारको बजेट कार्यान्वयन एवं प्रदेश र स्थानीय सरकारबाट व्यवसायमैत्री बजेट तथा कार्यक्रम प्रस्तुत गर्न संघले माग गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width