गण्डकीमा १५३० ले कोरोना जिते, १७ को मृत्यु

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७८
Corona Banner

पोखरा। गण्डकी प्रदेशमा सोमबार थप १ हजार ५ सय ३० जनाले कोरोना जितेका छन् । यो संख्या अघिल्लो दिनभन्दा दोब्बर बढी हो । आइतबार ७ सय ४४ जना कोरोनामुक्त भएका थिए ।

पछिल्लो साता कोरोना संक्रमित तुलनामा कोरोनामुक्त हुने बढी छन् । यस साता ६ हजार ८ सय ५६ जनाले कोरोना जितेका हुन् । सोमबार १ हजार ५ सय ३० निको हुँदा ७ सय ९१ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकीमा कोरोनामुक्त हुनेको संख्या ३८ हजार ६६ पुगेको छ । नेपालभरको तथ्यांक हेर्दा पनि संक्रमितभन्दा निको हुने दर बढी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ५१ संक्रमणमुक्त भए । हालसम्म निको हुने ४ लाख ९७ हजार ९ सय ६० पुगिसकेको छ ।

गण्डकीमा सोमबार ७ सय ९१ मा संक्रमण पुष्टि भएको छ । तीमध्ये कास्कीका १ सय ६५, म्याग्दी २६, पर्वत २९, गोरखा १ सय ९६, लमजुङ ६७, तनहुँ ७०, बागलुङ ५७, स्याङ्जा ५६ जना र नवलपुरका १ सय २५ जना गरी प्रदेशका ९ जिल्लामा ३ सय ९७ पुरुष तथा ३ सय ९४ जना महिलामा कोरोना पुष्टि भएको हो । योसँगै गण्डकीमा कोरोना संक्रमित संख्या ४७ हजार २ सय ९१ पुगेको छ ।

नेपालमा ४ हजार ४ सय ७२ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ५ हजार ९ सय १ जनाको परीक्षण गर्दा १ हजार १ सय २ जनामा संक्रमण पुष्टि भएको छ भने पिसिआर विधिबाट १२ हजार २ जनाको परीक्षण गर्दा ३ हजार ३ सय ७० जनामा संक्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा जम्मा १७ हजार ९ सय ३ जनाको परीक्षण भएको थियो । यससँगै देशभर कुल कोरोना संक्रमित पिसिआरतर्फ कुल संख्या ५ लाख ९१ हजार ४ सय ९४ पुगेका छन् । एन्टिजेनतर्फ १४ हजार ६ सय ६१ पुगेका छन् । हालसम्म कोरोना निको हुनेको कुल संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ ।

थप १७ को मृत्यु

गण्डकीमा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । तीमध्ये कास्कीका ६, नवलपुरका ४, पर्वतका २, स्याङ्जा, म्याग्दी, तनहुँ, लमजुङ र बागलुङका १÷१ जना छन् ।
पोखरा १ का ९७ वर्षीय पुरूषको आइतबार फिस्टेल अस्पतालमा उपचार क्रममा मृत्यु भएको छ । पोखरा १७ का ५६ वर्षीय कोरोना संक्रमित पुरूष सोमबार मेडिप्लस अस्पतालमा, पोखरा १६ की ३५ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको छ । पोखरा १७ का ५६ वर्षीय पुरूषको मेडिप्लस अस्पतालमा, पोखरा १५ का ७० वर्षीय पुरूषको गण्डकी मेडिकल कलेजमा, पोखरा २२ का ४८ वर्षीय पुरूषको बुद्ध अस्पताल, पोखरामा मृत्यु भएको छ ।

यसैगरी, नवलपुरको विनयत्रिवेणी गाउँपालिका १ का ३८ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, नवलपुर विनयत्रिवेणी २ की ४५ वर्षीया महिलाको चितवन मेडिकल कलेजमा, विनयत्रिवेणी २ का ७८ वर्षीय पुरूषको चितवन मेडिकल कलेजमै निधन भयो ।

नवलपुर विनयत्रिवेणी ५ का ३६ वर्षीय पुरूषको चितवन मेडिकल कलेजमा, पर्वत कुश्मा १० का ७२ वर्षीय पुरूषको धौलागिरी अस्पताल बागलुङमा, पर्वतकै बिहादी गाउँपालिका ७ की ८० वर्षीय महिलाको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा ज्यान गएको छ ।

म्याग्दी जलजला १ की ५२ वर्षीया महिलाको मेट्रोसिटी अस्पतालमा, बागलुङ तमानखोला ३ का ६३ वर्षीय पुरूषको धौलागिरी अस्पतालमा, स्याङजा पुतलीबजार १० का ७० वर्षीय कोरोना संक्रमित पुरूषको चरक मेमोरियल अस्पतालमा निधन भयो ।

तनहुँ शुक्लागण्डकी ४ का ४३ वर्षीय पुरूषको गण्डकी मेडिकल कलेज र लमजुङ वेंसीसहर ६ की ६५ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँँगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय ७९ पुगेको छ । नेपालभर पछिल्लो २४ घन्टामा ९२ जनाले ज्यान गुमाएसँगै कुल मृतक संख्या ७ हजार ९ सय ९० पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width