संक्रमितको सहारा बन्दै अन्नपूर्ण कोभिड हेल्पलाइन

आदर्श समाज सम्वाददाता
जेठ १८, २०७८
annapurna helpline

लेवाडेमा संक्रमितको घरमै पुगी स्वास्थ्य सुरक्षाका सामग्री वितरण गर्दै हेल्पलाइनका स्वयंसेवी । तस्बिरः श्रीभद्र पौडेल/आदर्श समाज

हेमजा । अन्नपूर्ण कोभिड हेल्पलाइनले सक्रियता बढाउँदै लगेको छ । स्थापनाको २ सातामै उक्त संस्थाले अन्नपूर्ण गाउँपालिकामा कोरोना नियन्त्रणमा उल्लेख्य काम गरेको छ । यद्यपि संस्था दर्ता भने भै सकेको छैन ।

जसअन्र्तगत आइतवार अन्नपूर्ण १ स्थित लेवाडेमा संक्रमितको घरमै पुगी उक्त संस्थाले स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरेको छ । त्यस्तै आइतबारै कोरोना भाइरस विरुद्घको अभियानलाई कसरी प्रभावकारी बनाउन सकिन्छ ? भन्ने विषयमा गाउँपालिकाका प्रतिनिधीसँग छलफल समेत गरेको छ ।हेल्पलाइनमा अन्नपूर्णका युवाहरु यतिवेला उत्साहका साथ खटेको पाइन्छ ।

त्यस्तै उक्त हेल्पलाइनले अन्नपूर्ण गाउँपालिकाको आइसोलेशनका लागि ३ सिलीन्डर अक्सीजन लगायत केही मेडिकल सामग्री पनि प्रदान गरिसकेको छ।त्यस्तै संक्रमणको रेड जोनमा परेको झोवाङका अलवा सेराचौर, अधिकारीडाँडा, काँडे, नयाँबजार, गोलडाँडा, पाउँदुरकोटमा पुगी स्वास्थ्य सुरक्षाका सामग्री पनि संस्थाले बाढीसकेको छ ।

स्थापनाको केही सातामै जनताले अनुभव गर्ने गरी हेल्पलाइनले काम गरेको प्रति अन्नपूर्णवासी यतिवेला निकै खुसी देखिन्छन्।महामारीको यो विषम समयमा हेल्पलाइनको कार्य प्रशम्सनीय रहेको अन्नपूर्ण ५ की मैताँ विकको अनुभव छ ।

यसका साथै उक्त हेल्पलाइनले रक्तदान, कोरोना भाइरस विरुद्घ नागडाँडादेखि विरेठाँटीसम्म माइकिङ, सल्यान बासखर्क र पाउँदुर रयालेका संक्रमितको उद्घार, दुर्घटनाका घाइतेलाई अस्पतालसम्म पु¥याउने काम, दीर्घ रोगीलाई घरसम्मै औषधी लगिदिने काम समेत गरेको छ।

आफ्नो कार्य सहजताका लागि हेल्पलाइनले विभिन्न देशका लागि सम्पर्क व्यक्ति समेत तोकेको छ ।जसअनुसार दक्षिण कोरियामा विनोद दाहाल, अस्टे«लियाका लागि अजय सुवेदी, जापानमा महेन्द्र केसी र साउदी अरेवीयाका लागि राजु कुँवरलाई जिम्मेवारी दिइएको छ।आवश्यकता अनुसार अन्य देशमा पनि सम्पर्क व्यक्ति तोक्ने तयारी हेल्पलाइन छ ।

यसैबीच आइतबारको छलफलमा अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरले हेल्पलाइनको कार्य सराहनीय रहदै आएको भन्दै उक्त संस्थालाई सामाजिक बनाउनुपर्नेमा जोड दिए । अध्यक्ष कुँवरले सल्लाहकारको रुपमा राजनैतिक दलका प्रतिनिधी र अन्य समाजसेवीलाई पनि समेट्नुपर्ने औंल्याए । गाउँपालिकाको स्वास्थ्य शाखासँग आवश्यक समन्वय गरी कार्य गर्न पनि उनले हेल्पलाइनलाई निर्देशन समेत दिए ।

प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले हेल्पलाइनलाई कोरोनाका अलवा अन्य विपद्को समयमा पनि जुट्ने गरी सशक्त बनाइनुपर्ने बताए।उनले जनप्रतिनिधीलाई संरक्षक राख्न, किट् बक्स् स्थापना गर्न र अन्य आयुर्वेदिक औषधीलाई पनि समेट्न आग्रह गरे।कोरोना रोकथाम सबैको जिम्मेवारी भएको उनको ठहर छ ।

सो अवसरमा हेल्पलाइनका संयोजक विराज सुवेदी, सहसंयोजक विष्णु अधिकारी, सचिव शिवहरी सुवेदी, कोषाध्यक्ष चन्द्रमोहन सुवेदी, सदस्य प्रकाश सुवेदी लगायतले हेल्पलाइनका गतिविधीवारे गाउँपालिकालाई अवगत गराएका थिए ।

हेल्पलाइन जनताको स्वास्थ्यलाई ख्याल राख्दै अन्नपूर्णका युवाहरु मार्फत स्वयम्सेवी रुपमा गठन भएको संस्था हो । जसमार्फत निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ । त्यस्तै खाध्य संकट भएकाहरुलाई खाध्यान्नको व्यवस्था पनि मिलाइएको छ।त्यस्तै प्रभावित क्षेत्रमै पुगी कोरोना भाइरस विरुद्घ स्वास्थ्य सुरक्षामा सामग्री प्रदान गर्ने कार्यलाई पनि तीब्र पारिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width