पर्यटनमैत्री नीतिलाई प्राथमिकता देऊ : परिषद्

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७८
Pokhara_tourist

फाइल तस्बिर

पोखरा । पर्यटन परिषद् पोखराले आगामी आर्थिक वर्ष २०७८/०७९ नीति तथा कार्यक्रममा कोभिड–१९ विरुद्धको खोप सम्पूर्णलाई उपलब्ध गराउन र पर्यटनमैत्री नीतिलाई विशेष प्राथमिकता दिएर कार्यक्रम ल्याउन प्रदेश सरकारसमक्ष माग गरेको छ ।

परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले शुक्रबार विज्ञप्ति जारी गदै ‘नो भ्याक्सिन नो टुरिज्म’ भएकाले नेपाललाई अन्तर्राष्ट्रियजगतमा सुरक्षित गन्तव्यरुपमा सकारात्मक सन्देश दिन पर्यटन क्षेत्र प्राथमिकतामा राखेर खोप व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन् ।

कोरोना महामारीले लामो समयदेखि मानिसको स्वास्थ्य र दिनचर्चा निकै प्रभावित भएको जनाउँदै सम्पूर्णलाई खोप लगाउने व्यवस्थाका साथै पर्यटन क्षेत्रका सम्पूर्ण व्यवसायी, कर्मचारी र आबद्ध मजदूरलाई तत्काल सम्बोधन हुने गरी राहत प्याकेज कार्यक्रमलाई समेट्न आग्रह गरिएको छ ।

हाल ३० प्रतिशतभन्दा बढी व्यवसायी यस क्षेत्रबाट पलायन भइरहेका स्मरण गराउँदै देशको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको पर्यटन क्षेत्र जोगाउन सरकारले विशेष नीति ल्याएर लगानी संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ । पर्यटन क्षेत्र ठप्प हुँदा यस क्षेत्रसँग सम्बद्ध मजदूरको अवस्था समेत कष्टकर बन्दै गइरहेकाले सरकारको राहत प्याकेजमा मजदूरलाई पनि समेट्ने गरी कार्यक्रम ल्याउन माग गरिएको हो ।

मौद्रिक नीतिमा आगामी आवमा पर्यटनलाई प्राथमिकता प्राप्त क्षेत्रको रुपमा सम्बोधन गरी हरेक बैंकले बढीमा ५ प्रतिशत ऋण सहुलियत व्याजदरमा पर्यटन उद्योगमा अनिवार्य लगानी गर्ने गरी व्यवस्था मिलाउन पनि अनुरोध गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । पोखरा–२२, पुम्दीकोटमा यही ७ देखि १५ फागुनसम्म हुने श्रीमद्भागवत् एवं महाशिवरात्रि महिमा कार्यक्रममा यसअघि आयोजना भएका महायज्ञभन्दा बढी…
  • सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सराङकोट धार्मिक पर्यटकीय क्षेत्र बन्दै गएको बताएका…
  • पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । गत साल ‘पर्यटनको राजधानी’ घोषणा भएको पोखरालाई यो वर्ष भ्रमण वर्ष घोषणा गर्न लागिएको छ । महानगरपालिकाले आन्तरिक…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी

    आदर्श समाज सम्वाददाता माघ ६, २०८१
    पोखरा । सामान्यतः मंसिरभित्रै नेपालीहरुले धान थन्क्याउँछन् । सँगै दाइँ गर्छन् । तर पोखरामा अलि अनौठो भयो । पोखराका पर्यटन…

hero news full width