स्वास्थ्यकर्मी संघको ध्यानाकर्षण

आदर्श समाज सम्वाददाता
जेठ १३, २०७८

पोखरा । पोखरा महानगरपालिकाले स्वास्थ्यकर्मी कर्मचारीहरुलाई हाजिर नगराएको र मन्त्रालयले समेत बेवास्ता गरेको भन्दै नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशले ध्यानाकर्षण जनाएको छ ।

संघका अध्यक्ष नारायण बरालद्वारा जारी विज्ञप्तिमा गत चैत ३१ गतेको सचिवस्तरीय निर्णयको आधारमा महानगरभित्र काम गर्ने गरी अन्य पालिकाबाट रमाना लिई आएका स्वास्थ्यकर्मी कर्मचारीलाई महानगरले हाजिर नगरेको उल्लेख छ ।

महानगरसहित मन्त्रालयले पनि चासो नदिएकाले आफूहरुको ध्यानाकर्षण भएको संघले जनाएको छ ।

कोरोना महामारीको समयमा स्वास्थ्यका जनशक्ति विगत १ महिनादेखि कामविहीन र हाजिरविहीन बनाइँदा जनस्वास्थ्यमा असर पर्ने बरालले बताए । त्यसकारण रमानासहित उपस्थित भएका कर्मचारीहरुको हाजिर गर्न र आवश्यक निकासको पहल गरिदिन संघले माग पनि गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • अन्नपूर्ण गापाले सार्वजनिक गर्‍ यो वर्षभरीका उपलब्धि

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा, ६ जेठ ।अन्नपूर्ण गाउँपालिकाले पछिल्लो १ वर्षमा गरेका कार्य समेटेर छापिएको पुस्तक ‘अन्नपूर्ण दर्पण भाग २’ आइतवार सार्वजनिक गरेको…
  • पोउवा संघमा इलामका व्यवसायी

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा र इलाम उद्योग वाणिज्य संघबीच व्यवसाय प्रवद्र्धन र उत्पादित वस्तुहरूको बजारीकरणका निम्ति सहकार्य गर्ने सहमति जुटेको छ…
  • विपद् व्यवस्थापनबारे अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखाको आयोजनामा विपद् व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरिएको छ । अभिमुखीकरणमा वडाका टोल विकास संस्था,…
  • नव सिद्धार्थ महिला सहकारीको रक्तदान

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा ८ बगालेटोलस्थित नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदानमा ६२ युनिट रगत संकलन…
  • ‘महिलाहरू आर्थिकरुपमा मजबुुत हुनुपर्छ ’

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा उपमेयर मञ्जुुदेवी गुुरुङले महिलाहरू आर्थिकरुपमा मजबुुत हुनपर्ने बताएकी छन् । पोखरा १५ ले आयोजना गरेको कृष्टल माला,…

hero news full width