दमौली । शुक्लागण्डकी नगरपालिका ८ ले टोल टोलमा स्वास्थ्य स्वयंसेवक परिचालन गरेको छ । होमआइसोलेसनमा रहेका कोरोना संक्रमितको अवस्था बुझ्न र अप्ठेरोमा परेकालाई सघाउन भन्दै विज्ञ तथा सामाजिक सञ्जालमार्फत आएको सुझावअनुसार १८ जना स्वास्थ्य स्वयंसेवक टोल टोलमा परिचालन गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए । उनले भने,‘आपतकालीन स्वयंसेवकले बिरामीहरुको अवस्थाबारे जानकारी लिँदै आवश्यक परे सघाउने काम गर्दछन् ।’
कोरोनाको कहर पछि जारी निषेधाज्ञामा घरमा नै रहेका जनशक्तिलाई वडाले आग्रह गरेर परिचालन गरिएको उनले बताए ।
उनका अनुसार स्वास्थ्य सहायकसँगै स्टाफ नर्स, अनमी, सिएमए, रेडियोग्राफी, ल्याब असिस्टेन्ट लगायत कोर्ष पूरा गरेका स्वास्थ्यकर्मीहरु परिचालन गरिएको छ । उनीहरुलाई चाहिने अक्सिमिटर, थर्मोमिटर, मास्क, सेनिटाइजर, फेस सिल्ड, ग्लोब्सलगायत सामग्री वडाले नै उपलब्ध गराएको वडाअध्यक्ष रेग्मीले बताए । वडाले बिएससी नर्सिङ पूरा गरेकी मनीषा ढकाल लम्साललाई संयोजकत्वमा स्वास्थ्य स्वयंसेवकलाई प्रशिक्षण दिने गरी कार्यक्षेत्रमा खटाइएको उनले बताए ।
स्वयंसेवकले उच्च सतर्कताका साथ घरमा नै बिरामीको चेकजाँच गर्ने, कोरोनाको डरले रोग लुकाएर बसेका जनतालाई उचित परामर्शका साथ अस्पतालसम्म पुर्याउन मद्दत गर्ने तथा लक्षण देखिएकालाई वडासँग समन्वय गरी पिसिआर गर्न सिफारिस गर्ने लगायतका काम गर्नेछन् । उक्त अभियानले आइसोलेसनमा बस्नेहरूलाई टोल छिमेकबाट दुव्र्यवहार नहोस् र संक्रमितको पनि मनोबल बढोस् भनेर वडाको विश्वास छ ।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
hero news full width
मुख्य समाचार
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१