पोखरा । गण्डकी प्रदेशमा मंगलबार हालसम्मकै बढी संक्रमित भेटिएका छन् । पिसिआर र एन्टिजेन गरी ३ हजार ३ सय ६८ जनाको परीक्षणमा झन्डै आधाजसोमा संक्रमण पुष्टि भएको हो । जसमा करिब ४६ प्रतिशत अर्थात १ हजार ५ सय ४९ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले विज्ञप्तिमार्फत जनाएको छ ।
कोरोनाको दोस्रो लहरसँगै नयाँ भेरियन्टले संक्रमित दर बढ्दै जाँदा यो संख्या अहिलेसम्मकै बढी हो । यसअघि गत जेठ ६ मा ३ हजार ३ सय ७७ जनाको परीक्षणमा १ हजार ३ सय ७२ जनासम्म संक्रमण भेटिएका थिए । वैशाख २८ यता हजारभन्दा बढी संक्रमित ३ दिन देखा परेको छ । जेठ ७ मा पनि १ हजार ५३ संक्रमित भेटिएका थिए । त्यसबेला २ हजार ६७ परीक्षणमध्ये ५० प्रतिशत मानिसमा कोभिड–१९ देखा परेको थियो । अघिल्लो दिन सोमबार गण्डकीमा संक्रमित संख्यामा ओरालो लागेकोमा पुनः संक्रमित संख्या बढ्दा थप सचेतना जरुरी रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
३३ सयको परीक्षणमा १५ सय संक्रमित
थप संक्रमितमध्ये सबैभन्दा धेरै कास्कीका ४ सय ४० रहेका छन् । कास्कीमा १ हजार जनाको परीक्षण भएको हो । हाल जिल्लामा सक्रिय संक्रमित ३ हजार ५७ जना छन् ।
मंगलबार स्याङ्जामा २ सय ४० संक्रमित थपिए । कास्कीपछि सबैभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्ला स्याङ्जा हो । यहाँ हाल १३ सय सक्रिय संक्रमित छन् । लमजुङमा २ सय ३९, गोरखा २ सय २३, नवलपुर १ सय ५६, पर्वत ९२, तनहुँ ६२, म्याग्दी ५१, मुस्ताङ ४४, बागलुङ २ जना संक्रमित थपिएका छन् । मनाङ शुन्य रह्यो ।
योसँगै गण्डकीमा कुल संक्रमित संख्या ३६ हजार ८ सय ७५ पुगेको छ । सक्रिय संक्रमित १० हजार ६ सय हाराहारी छन् । तीमध्ये होम आइसोलसनमा ९ हजार ७ सय बसेका छन् । प्रदेशमा पछिल्लो समय १९ जनाको मृत्युसँगै ज्यान गुमाउने ५ सय ७० पुगेका छन् ।
७० प्रतिशत निको
गण्डकी प्रदेशमा संक्रमित संख्याको ग्राफ बढ्दा निको हुने पनि बढ्दै गएका छन् । अघिल्लो दिनको तुलनामा प्रदेशमा निको हुनेको संख्या दोब्बर छ । सोमबार ६ सय ५३ जना निको भइ घर फर्किंदा मंगलबार १ हजार २ सय ७७ निको भएका हुन् । प्रदेशमा हालसम्म २५ हजार ६ सय ९७ निको भएका छन् । दुई साता यता सबैभन्दा बढी जेठ ७ मा १ हजार ३ सय ९६ जना निको भएका थिए । त्यसपछि सबैभन्दा बढी संख्यामा मंगलबार निको भएका हुन् । आइतबार ६ सय ९९ संक्रमित निको भएका थिए । हालसम्म गण्डकी प्रदेशमा ७० प्रतिशत संक्रमित निको भइसकेका छन् ।
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
hero news full width
मुख्य समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१