कोरोना नियन्त्रणमा जुट्दै अन्नपूर्णवासी

आदर्श समाज सम्वाददाता
जेठ ७, २०७८
annapurna

हेमजा । कोरोना भाइरस नियन्त्रणमा अन्नपूर्णका जनता कसिएका छन् । उनीहरु संगठित भई नियन्त्रणमा लागि परेका हुन् । जसका लागि स्वयम्सेवी रुपमा हेल्पलाइन गठन गरिएको छ ।

भाइरस संक्रमण दिनप्रतिदिन भयावह बन्दै गएसँगै त्यहाँका जनता त्यसको नियन्त्रणमा आफैँ तातेका हुन् । जसअन्र्तगत यहि जेठको सुरुआतीसँगै अन्नपूर्ण कोभिड हेल्पलाइन निर्माण गरी कार्य अगाडि बढाइएको छ । जसलाई अन्नपूर्ण–१, सिम्पाली निवासी विराज सुवेदीले संयोजन गरेका छन् ।

हेल्पलाइनको सह–संयोजकमा विष्णु अधिकारी, सचिवमा शिवहरी सुवेदी, कोषाध्यक्षमा चन्द्रमोहन सुवेदी, सहसचिवमा अनिल कुँवर तथा सदस्यहरुमा प्रकाश सुवेदी, अमृत केसी, कृष्णबहादुर श्रेष्ठ र हेमबहादुर केसी छन् ।

हेल्पलाइन मार्फत निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ । त्यस्तै वडामा संयोजक तोक्ने काम पनि भइसकेको छ।खाध्य संकट भएकाहरुलाई खाध्यान्नको व्यवस्था पनि मिलाइएको छ ।

कोरोना महामारीको यो विषम समयमा जनताको स्वास्थ्यलाई ख्याल राख्दै जनताकै पहलमा अन्नपूर्णका युवाहरु मार्फत अभियान सुरु गरेको संयोजक विराज सुवेदीले बताए ।

यसैबीच नमस्ते सामुदायिक प्रतिष्ठान नेपालले बुधबार हेल्पलाइनका लागि केही मेडिकल सामग्री प्रदान गरेको छ । उक्त सामग्री गण्डकी प्रदेश सांसद राजीव पहारीले हेल्पलाइनको टोलीलाई प्रदान गरेका हुन् ।

त्यस क्रममा सांसद पहारीले नेपालमा मात्रै नइै संसारलाई अत्याधिक पीडित बनाइरहेको कोरोना भाइरसलाई परास्त गर्न सबैजना मिलेर लाग्नुपर्ने बताए । उनले सिंगो मानव सभ्यतालाई नै चुनौती दिइरहेको यस भाइरसबिरुद्ध बिना पूर्वाग्रह सरकारको कदममा साथ दिदै स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह पनि गरे ।

यसैबीच उक्त हेल्पलाइनले आइतबार रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ । स्थानीय नागडाँडा बजारदेखि मोबाइल भ्यानमार्फत सुरु हुने उक्त कार्य नयाँपुलसम्म पुग्ने छ । जसका लागि नेपाल रेडक्रस सोसाईटी कास्कीको समन्वय रहनेछ ।

हेल्पलाइन अभियान अन्र्तगत बिहीबारसम्म ८५ हजार नगद तथा २५ हजार बराबरका स्वास्थ्य सामग्री संकलन भइसकेका छन् ।

जसमार्फत अन्नपूर्णमा कोरोना संक्रमणको हटस्पट बनेको वडा नं. ५ स्थित झोवाङ गाउँ र वडा नं. २ स्थित सेराचौरमा स्वास्थ्य सुरक्षाका सामग्री पनि वितरण गरिसकिएको छ ।त्यस्तै उक्त अभियानलाई वडा नं. १ का सदस्य नवराज श्रेष्ठले बिहीबार मात्रै ५ हजार बराबरका स्वास्थ्य सुरक्षाका सामग्री पनि प्रदान गरेका छन् ।

एम्बुलेन्स् वा अन्य सहायता चाहिएमा ९८५६०३८३६९ वा ९८४५२४२८५४ मा खवर गर्न सकिने जनाइएको छ ।

हाल अन्नपूर्णमा कुल ४७ सक्रिय संक्रमित छन् । जसमध्ये गत हप्ता नयाँपुलमा गरीएको ६० जनाको पिसिआर परीक्षणको क्रममा बिहीबार मात्रै १४ जनामा कोरोना संक्रमण देखिएको नतिजा आएको हो।त्यस्तै अन्य एक सय जनाको रिर्पोट भने आउन बाँकी नै रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक ऋषिराम पौडेलले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width