स्कुल अफ डेमोक्रेसी स्याङ्जाको निशुल्क एम्बुलेन्स सेवा

आदर्श समाज सम्वाददाता
जेठ ६, २०७८
sod ambulance

एम्बुलेन्स उपलब्ध गराउने प्रह्लाद

स्याङ्जा । स्कुल अफ डेमोक्रेसी स्याङ्जाले कोरोना संक्रमितका उपचारार्थ निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ ।

संक्रमितको थप उपचारका लागि पोखरा तथा सुविधासम्पन्न अस्पतालमा लैजानु पर्दा एम्बुलेन्स पनि आवश्यक भएकाले जेठ १० देखि सो सेवा सुरु गर्न लागिएको स्कुल अफ डेमोक्रेसी स्याङ्जाका अध्यक्ष इन्जिनियर अनुप श्रेष्ठले जानकारी दिए । जिल्लाका ११ वटै पालिकालाई लक्षित सेवा सञ्चालनमा ल्याइने उनले बताए । उनले भने, ‘हाम्रा सामाजिक उत्तरदायित्व अनुरुप जिल्लाभर समेट्ने गरी विपन्न वर्ग लक्षित निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने छौं ।

सबै पालिकामा गठित डेमोक्रेसी पालिका संयोजकले बिरामी तथा तिनका परिवारसँग समन्वय गरी अस्पतालसम्म बिरामी पु¥याउने ब्यवस्था मिलाइने जनाइएको छ ।

परोपकारी अभियानको सहयोगका लागि भन्दै पोखरा पृथ्वीचोकस्थित होटल तिरुपतिका सञ्चालक प्रल्हादजंग मरासिनीले अभियान अवधिभर निशुल्क एम्बुलेन्स गाडी उपलब्ध गराएका हुन् । उनले आफूले प्रयोग गर्दै आएको गाडी एम्बुलेन्स रुपमा उपलब्ध गराएका हुन् । पुतलीबजार ३ का स्थायी वासिन्दा मरासिनी डेमोक्रेसीका पुतलीबजार नगर संयोजक समेत हुन् ।

राजनीतिक अधिकारसहित मानवीय अधिकार स्वास्थ्य, शिक्षा, रोजगार लगायतका क्षेत्रमा क्रियाशील स्कुल अफ डेमोक्रेसीले जिल्लाका सबै पालिकामा सञ्जाल बिस्तार गर्दै विभिन्न सामाजिक सेवा गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width