भूकम्पले लमजुङमा २ घर भत्के, २ घाइते

आदर्श समाज सम्वाददाता
जेठ ५, २०७८
damaged house

पोखरा । लमजुङको भुलभुले केन्द्र भएर गएकाे भूकम्पले बेसिसहर नगरपालिकामा २ घर भत्केको र २ जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

स्थानीयका अनुसार बेसिसहर नगरपालिका वडा ८ चनौटे र सोही नपाको वडा नम्बर ११ रामचोकवेशीमा एउटा एउटा घर भत्किँदा २ जना घाइते भएका छन्‌ ।

लमजुङको भुलफभुले केन्द्रविन्दु भएर बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पका म्याम्रिच्युड ५.८  थियो।

तस्बिर : सामाजिक सञ्जाल

Related News

सम्बन्धित समाचार

hero news full width