पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान डिनमा श्रीकृष्ण, निर्देशक भरत खत्री

आदर्श समाज सम्वाददाता
जेठ ४, २०७८
dr shreekrishna

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन र निर्देशक परिवर्तन भएका छन् ।

प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको डिनमा डा.श्रीकृष्ण श्रेष्ठ र निर्देशकमा डा. भरतबहादुर खत्री नियुक्त भएका हुन् । योभन्दा अघि डिनमा नरेन्द्रविक्रम गुरुङ र निर्देशकमा डा. अर्जुन आचार्य थिए । डिन र निर्देशकको कार्यकाल ४ वर्षको हुन्छ ।

४ वर्षका लागि नियुक्त भएका गुरुङ र आचार्यको कार्यकाल सकिएपछि उनीहरुको स्थानमा श्रेष्ठ र खत्री नियुक्त भएका हुन् । नयाँ डिन र निर्देशक नियुक्तिपछि कर्मचारीमा केही सहज हुने आशा पलाएको १ कर्मचारीले बताए ।

अघिल्लो कार्यकालका डिन र निर्देशक कर्मचारीमैत्री हुन नसकेको कर्मचारीहरुको गुनासो छ ।

Related News

सम्बन्धित समाचार

hero news full width