उपेन्द्र र महन्थले निकाले संयुक्त वक्तव्यः  जसपा नेतृत्वमा सरकार गठन हुने अवस्था आएमात्र सरकारमा जाने

आदर्श समाज सम्वाददाता
जेठ ४, २०७८
Upendra-mahantha

पोखरा ।  जनता समाजवादी पार्टी जसपाले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको अवसर प्राप्त भए पछि नहट्ने जनाएको छ।

तर यसबाहेक अन्य अवस्थामा जसपा सरकारमा नजाने उसले बताएको हो।

अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था आएमा वा आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आएमा मात्रै जसपा सरकारमा सहभागी हुने बताएका हुन्।

‘पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क–वितर्क एवम् अइकलबाजीहरू भइरहेका छन्। तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन।

जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी नभइ प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने छ। तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृतवमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ’, विज्ञप्तिमा उल्लेख छ।

Related News

सम्बन्धित समाचार

  • पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । पोखरा–३ नदीपुरस्थित अस्थायी प्रहरी पोस्टको जिम्मेवारी महिला प्रहरीलाई दिइएको छ । आइतबार एक समारोहबीच प्रहरी सहायक निरीक्षक दीपा…
  • हिसान गण्डकी फुटसल सुरु

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । हिसान गण्डकी आयोजनामा पोखरामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता…
  • गायिका समीक्षा अधिकारी सम्मानित

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । लोकप्रिय गायिका समीक्षा अधिकारीलाई आफ्नै गाउँमा सम्मान गरिएको छ । नेपाली गीतसंगीत माध्यमबाट राष्ट्रिय–अन्तर्राष्ट्रियजगत्मा अलग पहिचान बनाउन सफल…
  • बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । पोखरा भ्रमण वर्ष–२०२५ को औपचारिक उद्घाटनक्रममा बेलुन पड्किएर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज…
  • पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । २४ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले उपाधि जितेको…

hero news full width