लायन्सले १३ जिल्लामा मोडल भिलेज स्थापना गर्ने

आदर्श समाज सम्वाददाता
जेठ ३, २०७८
lions-schooling-photo 2

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ नेपालको वागतमती तथा गुल्मी एरियाको पिभिएसटी स्कुलिङ जेठ १ गते शनिबार सम्पन्न भएको छ । कोभिडका कारण स्कुलिङमा सबैलाई जुम प्रविधीमार्फत सहभागी गराइएको हो । स्कुलिङ कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर इलेक्ट विश्वेश्वर आचार्यले लायन वर्ष २०२१–२२ का लागि डिस्ट्रिक्टले ल्याएका मुख्य कार्यक्रमबारे जानकारी गराएका थिए । सहभागी क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव कोषाध्यक्षहरुले गभर्नरका कार्यक्रमहरुलाई पूर्ण सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

गभर्नर आर्चायका अनुसार आगामी वर्षको मुख्य कार्यक्रम लायन्स मोडल भिलेज स्थापना गर्ने रहेको छ । लायन्सले धेरै कार्यक्रम गरेको तर त्यसको प्रभावकारितामा कमी भएको महसुस गरी अबको वर्ष तोकिएको १३ जिल्लाका गाउँ केन्द्रित गरेर कार्यक्रम गर्ने र सेवाका सम्पूर्ण कार्यसँगै आयआर्जनका कार्यक्रमहरुलाई प्राथामिकतामा राखेर त्यही स्थानमा गर्दै उद्यमी गाउँका रुपमा विकास गर्ने योजना रहेको डिस्ट्रिक्ट गभर्नर इलेक्ट विश्वेश्वर आचार्यले बताए ।

कार्यक्रममा ख्यातीप्राप्त प्रशिक्षकले प्रशिक्षण दिएका थिए । प्रशिक्षक सन्देशदास श्रेष्ठले लिडरसिप इन क्राइसिस विषयमा र मोटिभेसनल स्पिकर रमण नेपाली भट्टराईले सक्सेस मन्त्र शीर्षकमा प्रशिक्षण दिएका थिए । साथै लायन्स डिस्ट्रिक ३२५ बी १ नेपालका पूर्व डिस्ट्रिक गर्भनर तथा मल्टिपल लायन्स म्यागेजिन चिफ एडिटर लायन धनराज आचार्य र गर्भनर इलेक्ट विश्वेश्वर आचार्यले नवनिर्वाचित अध्यक्षलाई प्रशिक्षण दिएका थिए ।

प्रथम भाइस गभर्नर इलेक्ट महेन्द्र पौडेल, सेकेन्ड भाइस गभर्नर इलेक्ट मणिरत्न बज्राचार्य मनोनित क्याबिनेट सेक्रेटरी दुर्गाप्रसाद हुमागाईं क्याबिनेट सेक्रेटरी सूर्यकुमार केसी, मनोनीत कोषाध्यक्ष पृथ्वी शर्मा तिमल्सिना र हालका कोषाध्यक्ष उदय नेपालले क्रमश उपाध्यक्ष, सचिव, कोषाध्यक्षलाई प्रशिक्षण दिएका थिए ।

स्कुलिङमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षलाई उनीहरुको काम कर्तव्य र अधिकारका विषयमा प्रशिक्षण दिइएको मनोनीत क्याबिनेट सेक्रेटरी दुर्गाप्रसाद हुमागाईंले बताए ।

स्कुलिङ कार्यक्रममा एलसिआइएफ एरिया लिडर लायन बालकृष्ण बुर्लाकोटीले बागमती तथा गुल्मी एरियाका पिभिएसटीलाई कार्यकालको सफलताको शुभकामना दिँदै गभर्नरले ल्याएका कार्यक्रमलाई सफल बनाउन सबै एक भएर लाग्नुपर्ने बताए । लायन्स लिडर बुर्लाकोटी आगामी जेठ २१,२२ गते भर्चुअली हुने मल्टिपल कन्भेन्सनमा डिस्ट्रिक्ट ३२५ बी १ को तर्फबाट अन्तर्राष्ट्रिय डाइरेक्टरका लागि उमम्ेदवार पनि हुन् । उनले आगामी मल्टिपल कन्भेन्सनमा मत दिएर आफूलाई विजयी गराउन आग्रह समेत गरेका थिए ।

डिस्ट्रिक्ट ३२५ बी १ नेपालका वर्तमान डिस्ट्रिक्ट गर्भनर लायन मनबहादुर रोक्काको सभापतित्वमा सम्पन्न स्कुलिङ कार्यक्रममा, लायन्स म्यागेजिन चिफ एडिटर लायन धनराज आचार्य, डिजी इलेक्ट, विश्वेश्वर आचार्य, वर्तमान डिस्ट्रिक गभर्नर लायन मनबहादुर रोक्का, एसडिजि चिफ आरबी अधिकारी, लगायतले लायन्सको स्कुलिङ कार्यक्रमको उपयोगितामाथि प्रकाश पारेका थिए । कार्यक्रममा करिब ८ सय लायन्सले भर्चुअल स्कुलिङमा सहभागीता जनाएको कार्यक्रम संयोजक उदय नेपालले बताए ।

Related News

सम्बन्धित समाचार

  • ‘कोल्ड स्टोरको आलु कुहियो, क्षतिपूर्ति कसले दिने ?’

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । व्यावसायिक किसान छविलाल श्रेष्ठले अघिल्लो वर्ष बारीमा फलेको आलु पालिकाकै कोल्ड स्टोरमा राखे । खेत खनजोत गरेर कोल्ड…
  • खर्च जुटाउँदै पोखरामा राउटे

    आदर्श समाज सम्वाददाता मंसिर ७, २०८१
    पोखरा । राउटे समुदाय पहिला काठका सामग्री बेचेर गुजारा चलाउँथे । अहिले ती खासै बिक्री हुँदैनन् । परम्परागत पेसा संकटमा…
  • एयरपोर्ट चलाउन पोखरेलीको हारगुहार

    आदर्श समाज सम्वाददाता मंसिर ७, २०८१
    पोखरा । २ वर्षअघि उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक रुपमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । आन्तरिक उडानमा सीमित…
  • चण्डिडाँडाका विद्यार्थीलाई पोशाक वितरण

    आदर्श समाज सम्वाददाता असार १९, २०८१
    पोखरा । लायन्स क्लब पोखरा अन्नपूर्ण आयोजनामा रनिमेड कजेल युकेका विद्यार्थी सहयोगमा चण्डीडाँडा माविका ८० जना विद्यार्थीलाई ट्रयाक सुट, टिसर्ट…
  • सेन्ट्रल गार्डनको अन्तर्क्रिया

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले एसइई विद्यार्थीसँग अन्तत्र्रिmया गरेको छ । ‘पढाऔं अभियान’ अन्तर्गत १२ वैशाखदेखि सञ्चालित…

hero news full width