संस्कृतिकर्मी मेनकाजीलाई पत्नीशोक

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०७८
menkaji wife dies

पोखरा । संस्कृतिकर्मी मेनकाजी गुरुङलाई पत्नीशोक परेको छ । उनकी पत्नी मीरा गुरुङको कोरोना संक्रमणका कारणका बिहीबार दिउँसो २ बजे फिस्टेल अस्पताल पोखरामा निधन भएको हो ।

सुरुआतमा मेनकाजीलाई कोभिड–१९ देखिएकोमा झन्डै २ साता मेडिप्लस अस्पतालमा उपचारपछि डिस्चार्ज भएका थिए । मीरा समेत कोभिड–१९ बाट संक्रमितपछि ५ दिन अघि फिस्टेलको भेन्टिलेटरमा राखेर उपचार हुँदै आएकोमा अन्ततः निधन भएको तमु धिं नेपालका अध्यक्ष हुम तमुले जानकारी दिए ।

मीराको बिहीबार नै नेपाली सेनाको मद्दतमा अन्त्येष्टि भएको छ । पोखरा–१५, नयाँगाउँ निवासी गुरुङ दम्पतीका १ छोरा र १ छोरी छन् । मेनकाजी हिमाली सांस्कृतिक परिवारका अध्यक्ष छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width