कोरोना संक्रमणबाट एमाले नेता पशुपति चौलागाईंको मृत्यु

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०७८
Pashupati

पोखरा ।  संविधानसभा सदस्य तथा बहालवाला प्रदेश सांसद पशुपति चौलागाईंको मृत्यु भएको छ।

हिजो राति १० बजे उनको निधन भएको हो ।  चौलागाईंलाई केही दिनअघि कोरोना संक्रमण भएपछि मनमोहन अस्पतालमा भर्ना गरिएको थियो।

नेकपा एमालेका केन्द्रीय सदस्य चौलागाईं हाल बाग्मती प्रदेशसभाका सदस्य हुन्। उनी दोलखाबाट निर्वाचित भएका हुन्। उनी केही समय मन्त्री पनि भएका थिए।

युवा संघका पूर्वअध्यक्ष चौलागाईं यसअघि दोलखाबाट दुई पटक संघीय संसदको सांसद निर्वाचित भएका थिए।

दोस्रो संविधानसभामा सभासद रहेका चौलागाईं एमालेको पोलिटव्युरो सदस्य तथा साविक बागमती अञ्चल इन्चार्जसमेत थिए।

Related News

सम्बन्धित समाचार

hero news full width