चितवन । भरतपुर महानगरपालिका–१० चौबीसकोठीमा रहेको प्राइम कमर्सियल बैंकमा आगलागी हुँदा रु ४० लाख हाराहारीको क्षति भएको छ । सोमबार साँझ एक्कासि आगलागी हुँदा अनुमानित रु ४० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो ।
कार्यालयका अनुसार आगलागीबाट बैंकको १० थान कम्प्युटर, १० थान विभिन्न किसिमका प्रिन्टर, दुई थान फोटोकपी मेसिन, टेलिफोन सेट, पैसा गन्ती गर्ने मेसिन, दुई थान एसीमेसिन, स्टेटमेन्ट प्रिन्टर मेसिन, टोकन मेसिन, स्क्यानर मेसिन, पङ्खा, हाजिर गर्ने मेसिन र फेकनट डिटेक्टर मेसिन जलेर नष्ट भएको छ ।
यस्तै सिसीक्यामेरा, काउण्टरमा राखिएको डिस्प्ले, बिजुलीको मिटर, कुर्सी, टेबुल, फाइल ¥याक, स्टोर ¥याक क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट आन्तरिक सजावट, एयरकण्डिशन, वाइरिङलगायत पनि पूर्णरूपमा क्षति भएको छ । बैंकमा सोमबार साँझ ५ बजे एक्कासि आगलागी भएको थियो ।
नेपाल प्रहरी, सेनाको कालीबहादुर गण भरतपुर, भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा आगो साँझ अबेर नियन्त्रणमा आएको थियो । विद्युत् चुहावट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । रासस
Related News
सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा २ युवकको मृत्यु
गिभिनाकी आमाको सडक दुर्घटनामा मृत्यु, भाइले गरे आत्महत्या
बन्दीपुरमा बस ठोक्किँदा बसचालकको मृत्यु, २९ घाइते
पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
भ्रमणको बस दुर्घटना
hero news full width
मुख्य समाचार
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१