बहुमतको सरकार गठन गर्न राष्ट्रपतिको आह्वान

आदर्श समाज सम्वाददाता
वैशाख २७, २०७८
bidhya_devi_bhandari_gZDNRmBaPl-16

पोखरा, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई ३ दिन ( वैशाख ३० गते राति ९ बजे) भित्र दाबी पेश गर्न आहृवान गरेकी हुन् ।

सोमबार संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रधानमन्त्री पद स्वतः रिक्त हुन गएको हो।

Related News

सम्बन्धित समाचार

hero news full width