बागमारा युवा संगमले सचेतनासँगै सहयोग गर्ने

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०७८
bagmara yuba sangam

पोखरा, २५ वैशाख । युवा सशक्तिकरणका साथै सामाजिक सेवाका क्षेत्रमा क्रियाशील् बागमारा युवा संगम समूहले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सचेतना सँगै सहयोग अभियानलाई बढाउने भएको छ ।

बागमारा युवा संगम समूहको सामाजिक दूरी सहित आज सम्पन्न बैठकमा महामारी सहर बजारहुँदै गाउँवस्तीसम्म पनि पसेको अवस्थालाई दृष्टिगत गर्दै स्वास्थ्य सचेतनासँगै आवश्यकता अनुसारको सहयोगमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने लगायतका विषयमा छलफल गरिएको समूहका अध्यक्ष महेश्वर अर्यालले जानकारी दिए ।

समाजमा बिरामी भएका व्यक्तिका लागि आवश्यक पर्ने एम्बुलेन्सको व्यवस्थापनका सँगै अन्य विभिन्न समस्यामा पनि समूहले सहजीकरण गर्ने र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै कोरोनासँग बच्न सक्ने उपायका सम्बन्धमा पनि समाजमा सचेतना अभिबृद्धि गर्ने उनले बताए ।

आफ्नो क्षेत्रलाई सुरक्षित राख्नका लागि सबै किसिमको सजगता अपनाइने अध्यक्ष अर्यालले जानकारी दिए । बैठकले समूहका नाममा वडामा परेको रकमले पानीट्याङ्कीस्थित क्लबको जग्गा व्यवस्थापन एवम् आवश्यक परे ताराबार गर्ने, वडाको मातहतमा रहेको भवनलाई क्लबको नेतृत्वमा लिनका लागि सम्बन्धित निकायहरूमा पत्राचार गर्ने, प्रत्येक महिनाको अन्तिम शनिबार वैठक बस्ने तथा त्यसको व्यवस्थापन लगायतका निर्णय गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • कुमारी ब्युटीका प्रडक्टको स्टोर सुरु

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । मेकअप आर्टिस्ट शोभा भट्टराईले क्यानाडाबाट उत्पादन सुरु गरेको नेपाली ब्राण्ड कुमारी ब्युटीका प्रडक्टको प्रमुख स्टोर पोखरामा सुरु भएको…
  • ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको’

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८१
    पोखरा । हाम्रो समाजमा एउटा उक्ति छ, ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको ।’ ज्येष्ठ नागरिक अनुभवका खानी हुन् ।…
  • सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

    रासस असाेज २१, २०८१
    काठमाडौं । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको संख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजानिक यातायात…
  • लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    लमजुङ।  लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता…
  • ‘नालामा जस्तै पानी बग्छ सडकमा’

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षात्को समयमा बाटो हिँड्न कठिन भएको गुनासो…

hero news full width