गण्डकीका सांसद हरिशरण र पियारी थापालाई कोरोना

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७८
Piryari Harisharan

पोखरा । गण्डकी प्रदेशका सांसद हरिशरण आचार्य र पियारी थापालाई कोरोना पुष्टि भएको छ ।

जनता समाजवादी पार्टी संसदीय दलका नेता आचार्य मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कन्ट्रयाक्ट ट्रेसिङमा परेका थिए ।

मंगलबार प्रदेश सभा सचिवालयमा बसेको सर्वदलीय बैठकमा उनी मुख्यमन्त्रीसँगै सहभागी थिए ।

मुख्यमन्त्री गुरुङलाई बुधबार कोरोना पुष्टि भएको छ ।

यसअघि नै गण्डकीका सांसद राजीव पहारी, प्रभा कोइराला, मनकुमारी गुरुङलाई पनि कोराना पुष्टि भइसकेको छ ।

बिहीबारै बसेकाे कार्य व्यवस्था परामर्श समिति बैठकले प्रदेश सभाकाे बैठक २७ गतेका लागि तय गरेकाे छ ।

Related News

सम्बन्धित समाचार

hero news full width