प्रदेश प्रमुखलाई ३ दलको प्रश्न : संविधानको कुन धारा अनुसार निष्क्रिय भयो प्रस्ताव ? – विज्ञप्तिसहित

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०७८
sita kumari paudel

प्रदेश प्रमुख सीताकुमारी पाैडेल

पोखरा । गण्डकीमा नवनियुक्त प्रदेश प्रमुख सीताकुमारी पौडेलको अभिव्यक्तिले अहिले नेपाली राजनीति तरंगित छ । प्रदेशसभामा पेस भएको अविश्वास प्रस्ताव निष्क्रिय भएको सभामुखको भूमिका सन्तुलित नभएका जस्ता अभिव्यक्ति दिएपछि उनी विवादमा आएकी हुन् । उनको अभिव्यक्तिका बारेमा गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने ३ दल नेपाली कांग्रेस, माओवादी र जनता समाजवादीले गम्भीर आपत्ति जनाउँदै विज्ञप्ति निकालेका छन् ।
हेर्नुहोस विज्ञप्तिको पूर्ण पाठ

प्रेस वक्तव्य
गण्डकी प्रदेशको प्रदेश प्रमुखको रुपमा नियुक्त भई पदभार ग्रहण गर्नु भएकोमा माननीय सीता कुमारी पौडेलज्यूलाई बधाई दिँदै कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दछौँ ।
पदबहालीको क्रममा माननीय प्रदेश प्रमुखज्यूबाट अभिव्यक्त भनाईप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

संविधानको धारा १८८ को उपधारा २ ले मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा ३०(तीस) दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थालाई उल्लघंन गरी विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थालाई उल्लघंन गरी विश्वासको मत नलिनु भएकोले माननीय पृथ्वीसुब्बा गुरुङको सरकार असंवैधानिक छ भनी मुख्यमन्त्री माथि अविश्वासको प्रश्ताव पेश गर्न खोज्दा विधेयक अधिवेशन हठात् अन्त्य गरियो ।

विशेष अधिवेशनमा सत्ता पक्षले अस्वभाविक रुपमा परम्परा विपरित सदन अवरुद्ध गर्नु,प्रदेश प्रमुखको हठात् परिर्वतन लगायतका सम्पूर्ण घटनाक्रमहरु अविश्वासको प्रश्तावलाई असंवैधानिक र गैरकानूनी रुपमा निस्तेज पार्न गरिएको नियोजित कार्य हो । पदबहालीको क्रममा माननीय प्रदेश प्रमुखज्यूले गण्डकी प्रदेशसभा प्रतिपक्षका कारणले अवरुद्ध भएको भनि दिनुभएको प्रतिक्रिया सर्वथा गलत, भ्रामक र आपत्तिजनक छ ।

माननीय प्रदेश प्रमुखज्यूले नियम, कानून,ऐनको परिधिभित्र अविश्वासको प्रश्ताव निस्क्रिय भएको भनेर दिनुभएको अभिव्यक्ति अत्यन्त भ्रामक, अराजक, आपत्तिजनक र प्रदेश प्रमुख पदको मर्यादा विपरित छ ।

प्रतिपक्षको संवैधानिक कार्र्यबाट अत्तालिएर सत्ता पक्षको पक्षपोषण हुने गरी आएको अभिव्यक्ति अस्वभाविक र चिन्ताजनक छ । संविधानको कुन धारा÷उपधाराले, ऐनको कुन दफा÷उपदफाले वा नियमावलीको कुन नियमले अविश्वासको प्रस्ताव निस्क्रिय हुने हो माननीय प्रदेश प्रमुखज्यूबाट अविश्वास प्रस्तावको प्रस्तावकहरुलाई मार्गदर्शन हुने नै छ ।
माननीय प्रदेश प्रमुख ज्यूले माननीय सभामुखज्यूले प्रदेशसभालाई लथालिँग पारेको र सभामुखको राजीनामा माग्ने घडी आइसक्यो भनेर दिनु भएको अभिव्यक्ति शक्ति पृथकीकरणको सिद्धान्त, प्रचलित मर्यादा, शिष्टाचार, प्रचलित ऐन, कानून, संविधान विपरित छ । प्रदेश प्रमुख अत्यन्त सम्मानित गरिमापूर्ण पद हुनुको साथ साथै प्रदेशको अभिभावक समेत हुने भएकाले तटस्थ र संवैधानिक दायराभित्र रहेर विचार अभिव्यक्त गर्न, कार्य निरुपण गर्न अनुरोध गर्दछौँ ।

मा.कृष्णचन्द्र नेपाली पोखरेल 

संसदीय दल

नेपाली काँग्रेस

मा.हरिबहादुर चुमान

संसदीय दल 
नेकपा (माओवादी केन्द्र)

मा.धनमाया लामा पोखरेल

संसदीय दल 

जनता समाजवादी पार्टी

Related News

सम्बन्धित समाचार

  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • लायन्स आदर्श चौतारीको शिविर

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालअन्तर्गत लायन्स क्लब पोखरा आदर्श चौतारी, लियो आदर्श चौतारी, पैयुँको आयोजनामा निःशुल्क बृहत्…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…
  • हिमालयनलाई वडाध्यक्ष कप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । हिमालयन बोर्डिङ स्कुलले चौथो अन्तरविद्यालय वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ड्याम साइड क्लबले आयोजना…
  • अखण्ड कीर्तनको १७ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । राम मन्दिर अखण्ड कीर्तन उपसमिति पोखरा–१७, बिरौटाको १७ औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । समारोहको पोखरा–१७ का…

hero news full width