दमौली । नयाँ भेरियन्टसहितको कोभिड १९ संक्रमणको जोखिम बढ्दै गएपछि विद्यालयको वार्षिक परीक्षा स्थगित भएको छ । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण उच्च रहेकाले तनहुँका ४ पालिकाले पूर्व निर्धारित वार्षिक परिक्षा स्थगित गरेका छन् ।
व्यास नगरपालिका, बन्दीपुर, आबुँखरैनी र देवघाट गाँउपालिकाहरुले पूर्व निर्धारित वार्षिक परिक्षा स्थगित गर्ने निर्णय गरेका हुन् । व्यास नगरपालिका नगर शिक्षा समितिको आइतबार बसेको बैठकले २०७८ वैशाख मसान्तसम्म पूर्व निर्धारित सम्पूर्ण परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख नगेन्द्र रेग्मीले जानकारी दिए ।
नगर प्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले सम्पूर्ण विद्यालयका नियमित पठन पाठन, ट्युसन कक्षासमेत पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । डिसिसिएमसीको र शिक्षा मन्त्रालयको अनुरोध र छिमेकी पालिकाहरुको निर्णयसमेतलाई ध्यानमा राखी व्यास नगरपालिकाले विद्यालय स्तरका सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख रेग्मीले बताए ।
कोरोनाको लहर बढेपछि जिल्लाका ४ पालिकाले विद्यालय तहको वार्षिक परीक्षा रोकेका हुन्
साथै विद्यालय प्रशासन, निर्माण कार्य, आन्तरिक अन्य कार्यका लागि बढीमा १० जनासम्मको शिक्षक कर्मचारीहरु आलोपालो उपस्थिति गराउने व्यवस्था मिलाउन विद्यालयका प्रअलाई निर्देशन दिने निर्णयसमेत गरिएको रेग्मीले बताए ।
स्थगित परीक्षा सञ्चालन गर्न कुन नमुनाबाट परीक्षा लिने भन्ने विषयमा २०७८ जेठको पहिलो हप्तासम्म आवश्यक निर्णय लिइने नगरपालिकाले जनाएको छ । कोभिड १९ को दोस्रो चरणले छिमेकी देश भारतमा असामान्य परिस्थिति सिर्जना भएको, नेपालको परीस्थितिसमेत असामान्य हँुदै गएको, विभिन्न जिल्लामा निषेधाज्ञा भएको विद्यमान अवस्थालाई मध्यनजर गर्दै व्यासले वैशाख १४ गतेदेखि नगरपालिकाभित्रका क्याम्पस, सामुदायिक एवं संस्थागत विद्यालयहरुमा पठनपाठन बन्द गरिएको छ ।
त्यस्तै देवघाट गाँउपालिकाले पनि अर्को सूचना प्रकाशित नहुदाँसम्मको लागि संस्थागत र सामुदायिक विद्यालयका पूर्व निर्धारित सम्पुर्ण वार्षिक परिक्षा स्थगित गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले जानकारी दिए । यसअघि बन्दीपुर गाँउपालिकाले शनिबार नै सूचना जारी गरी विद्यालयस्तरका वार्षिक परीक्षा स्थगित गर्ने निर्णय गरिसकेको प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए ।
यसैबीच आबुँखरैनी गाँउपालिका भित्रका विद्यालयस्तरका सम्पूर्ण वार्षिक परीक्षासमेत स्थगित गरिएको छ । वैशाख २१ गतेबाट सञ्चालन गर्ने भनिएको आधारभूत तह र अन्य कक्षाहरुको वार्षिक परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिए । साथै शैक्षिक गतिविधि भर्चुअल गर्न र विद्यालयका शिक्षक तथा कर्मचारीलाई आलोपालो गरी उपस्थित भई विद्यालयका आन्तरिक काम कारवाही गर्न निर्देशन दिइएको पोख्रेलले बताए ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
शिव शक्तिमा नवआगन्तुक विद्यार्थीको स्वागत, विद्यार्थीलाई रोजगार सुनिश्चित
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
संस्कृत माविको १२४ औं अभिभावक दिवस
हेम्जा आवासीयमा पुरस्कार वितरण
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१