गण्डकीमा थामिनसक्नु कोरोना, थप ८ जनाको मृत्यु, कास्कीमा १०१ नयाँ संक्रमित

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७८
Corona Death

फाइल फोटो ।

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार होमआइसोलेसनमा बसेका उपचारत संक्रमितको मृत्यू भएको हो । पोखराका विभिन्न अस्पतालमा उपचाररत कास्कीका ५, पर्वत, दाङ र रुपन्देहीका एक÷एक जना गरी जम्मा ८ जना संक्रमितको मृत्यु शर्माले बताए ।

पोखरा १६ की ७७ वर्षीय पुरुषको होम आइसोलेसन मै शनिबार मृत्यू भएको हो । उनी बैशाख १६ गतेदेखि कोरोना संक्रमित थिए । पोखरा २६ का एक महिलाको पनि शनिबार नै मृत्यू भएको छ । बैशाख १५ गते कोरोना पुष्टि भएको उनको ५८ वर्षको उमेरमा मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यू भएको हो । पर्वतको कुश्मा नगरपालिका ५ की ७६ वर्षीय महिलाको पनि शनिबार नै गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रमको ज्यान गएको हो ।

दाङको राप्ती गाउँपालिका ५ का ५३ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा शुक्रबार राती कोरोना उपचारकै क्रममा मृत्यू भएको हो । उनलाई बैशाख १५ गते कोरोना पुष्टि भएको थियो । पोखरा १६ र १० की २ महिलाको पनि कोरोना कै कारण शनिबार मृत्यू भएको हो । पोखरा १६ की ७३ वर्षकी महिलामा बैशाख १२ गते र पोखरा १० की महिलाका बैशाख १६ गते कोरोना पुष्टि भएको । उनीहरु दुवै जनाको मेडिप्लस अस्पताल पोखरामा उपचारको क्रममा मृत्यू भएको हो ।

यसैगरि पोखरा १९ का ५४ वर्षीय पुरुषको शनिबार नै कोरोना पोजेटिभ देखिएर गण्डकी मेडिकल कलेजमा उपचार गराउँदै गर्दा शनिबारै मृत्यू भएको छ । यस्तै रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका ३ का ७५ वर्षका पुरुषको कोरोना संक्रमणबाट पोखराको मेडिप्लस अस्पतालमा उपचारको क्रममा आईतबार मृत्यू भएको छ । उनलाई बैशाख ९ गते कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकीमा कोरोनाले मृत्यु हुनेको संख्या २ सय ३१ पुगेको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम अनुसार आईतबार दिउँसो सम्ममा कास्कीमा १ सय १ जना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले तेस्रो विज्ञप्ती जारि गर्दा सम्म कास्कीमा १ सय १ जना नयाँ संक्रमित भेटिएका हुन् । नवलपुरमा २२, स्याङ्जा र पर्वतमा ४/४, तनहुँमा ३ साथै बाग्लुङ र लमजुङमा १÷१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोनाका सक्रिय संक्रमित १ हजार ४ सय ६६ पुगेका छन् ।

Related News

सम्बन्धित समाचार

  • थ्रिस्टार सेमिफाइनलमा प्रवेश

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पाेखरा । आहारारा पोखरा गोल्डकपको पाँचौंपल्टको विजेता थ्रि स्टार क्लब २४ औं संस्करणको प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । आइतबार…
  • पूर्वराजा ज्ञानेन्द्र पोखरामा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आएका छन् । पोखरा र आसपासका जिल्लामा रहेका शक्तिपीठ भ्रमणका लागि उनी आइतबार समिट…
  • गण्डकी धौलागिरी पेट्रोलियममा मोहन

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति…
  • सम जयन्तीमा रंगकर्मीको सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । नेपाली नाट्य क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने पोखराका ३ जना रंगकर्मीलाई सम्मान गरिएको छ । नाट्यसम्राट बालकृष्ण समको १२२…
  • बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित

    विजय नेपाल माघ २६, २०८१
    पोखरा । नेपाल कानून व्यवसायी परिषद्को निर्वाचनमा गण्डकी प्रदेश पार्षद सदस्यमा अधिवक्ता दयाराम गौतम निर्वाचित भएका छन् । प्रजातान्त्रिक कानून…

hero news full width