पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनको वर्ष २०२१÷२२ का लागि सुब्बा घिमिरे अध्यक्षमा निर्वाचित भएका छन् ।
क्लबको प्रथम उपाध्यक्षमा आनन्द पौडेल, द्वितीय उपाध्यक्षमा तुलबहादुर रानाभाट, सचिवमा सुजित बिजुक्छे, कोषाध्यक्षमा दुर्गाप्रसाद च्वाइँ निर्वाचित भएका छन् ।
यसैगरी क्लब मेम्बरसिप चियरपर्सनमा लालबहादुर रानाभाट, एलसिआइएफ कोर्डिनेटरमा प्रमोद रानाभाट, क्लब सर्भिस चियरपर्सनमा भेषराज पोखरेल, सोसल सर्भिस डाइरेक्टरमा हरि रेग्मी, जमुना ढकाल, फर्समान भाट निर्वाचित भए ।
यसैगरी, सल्लाहकारमा संस्थापक अध्यक्ष हरि भाट, पूर्व अध्यक्षद्वय कृष्ण रानाभाट, र मीना रानाभाट चयन भएका छन् । डिस्ट्रिक्ट चियर पर्सन अधिवक्ता मीना रानाभाटको संयोजकत्वमा गठिन समितिले निर्वाचन सम्पन्न गरेको थियो ।
नवनिर्वाचित अध्यक्ष सुब्बा घिमिरेले आफ्नो कार्यकाललाई थप उचाइमा लैजान सम्पूर्ण साथीको साथ र सहयोग अनिवार्य रहेको बताए ।
क्लबका कोषाध्यक्ष दुर्गा सुवेदीले लायन वर्ष २०÷२१ मा ६ लाख रुपैयाँ बराबरको सामाजिक सेवाका काम गर्न सफल भएकोमा सम्पूर्ण साथीहरुलाई धन्यवाद ज्ञापन गरे । सचिव सुजित बिजुक्छेले क्लबले वर्ष भरिमा गरेका कार्यक्रमको प्रतिवेदन पेश गरेका थिए । सोही समारोहबीच कोषाध्यक्ष दुर्गा सुवेदीलाई सेन्ट्रल गार्डन अवार्डबाट सम्मान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१ऐतिहासिक खेलमा सर्वाधिक विजेता पुलिसको जित
फागुन १, २०८१