शाही प्रकरणमा चरक हस्पिटलको प्रष्टोक्ति : विचारका आधारमा विभेदकारी सेवा प्रवाह गर्दैनौं

आदर्श समाज सम्वाददाता
वैशाख १८, २०७८
charak

पोखरा । गण्डकी प्रदेश सभाका ‘बेपत्ता’ सांंसद खीमबहादुर शाही प्रकरणमा मुछिएको चरक हस्पिटलले चौथो दिन आएर प्रष्टीकरण दिएको छ ।

सांसद शाहीको नाम नै उल्लेख नगरी हस्पिटलका निर्देशक प्रदीप शर्माको हस्ताक्षरमा शनिबारको मितिमा विज्ञप्ति निकालिएको छ ।

संंस्थालाई कमजोर तथा बदनाम गराउने गर्ने नियतका साथ विभिन्न सञ्चारमाध्यम, पत्रपत्रिका तथा सामाजिक सञ्जालमा केही व्यक्तिले अनर्गल तथा झुटा प्रचारवाजी गरिहरेको जानकारी आएकोले त्यसमा ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

तर कुन र के प्रसंग हो केही उल्लेख गरिएको छैन । सांसद शाही प्रकरणमा हस्पिटल जोडिएकाले सन्दर्भ त्यही रहेको सहजै अनुमान गर्न सकिन्छ ।

चरक हस्पिटलले कुनै पनि वर्ग, क्षेत्र, जातजाति, धर्म, तथा राजनीतिक विचारधारा नभनी सबै क्षेत्रमा समानरुपमा आफ्नो विशेषज्ञ चिकित्सकद्वारा सेवा प्रदान गर्दै आएको दाबी हस्पिटलको छ ।

कुनै राजनीतिक विचारधाराका आधारमा विभेदकारी स्वास्थ्य प्रवाह नगरेको र भविष्यमा पनि नगर्ने प्रतिबद्धता हस्पिटलले जनाएको छ ।

वैशाख १५ गते गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुने तय भएकै दिन सांसद शाही ‘बेपत्ता’ भएको भन्दै सोही दलकी सचेतक पियारी थापाले संसदमा निवेदन दिएकी थिइन् ।

त्यही निवेदनकै आधारमा सभामुख नेत्रनाथ अधिकारीले संसद बैठक स्थगित गरेका थिए । विपक्षी दलको इशारामा सभामुखले वैठक स्थगित गरेको भन्दै मुख्यमन्त्रीसहित सत्तारुढ दलका सांसदको आरोप छ ।

वैशाख १४ गते संसद सचिवालय परिसरमा स्वाब दिएका सांसद शाहीले सोही दिन अर्को स्वाद दिएको खबर सार्वजनिक भएको थियो ।

वैशाख १५ गते बिहान सरकारी ल्याबको रिपोर्टमा कोरोना नेगेटिभ थियो । तर केहीबेरपछि निजी ल्याबबाट आएको रिपोर्टमा कोरोन पोजेटिभ देखिएको थियो ।

उनी पोखराकै चरक मेमोरियल हस्पिटलको आइसियुमा भर्ना भएका थिए । चरकले फेरि त्यहीबाट स्वाब लिएर परीक्षणका लागि पठाएको थियो । बिहानको दोस्रो रिपोर्टमा सिटी भ्यालु १६ देखिएकोमा बेलुकको रिपोर्टमा भने ३० देखिएको थियो । स्वास्थ्यकर्मीहरुले यसैमा प्रश्न गरेका छन् ।

सांसद शाहीका भाइ जुनविक्रमले दाजुलाई रिंगटा लागेर हस्पिटल पु¥याएको बताए पनि कोरोनाका बारेमा केही बोलेका थिएनन् ।

सांसद शाहीले १६ गते जारी गरेको विज्ञप्तिमा बिरामी भएर हस्पिटल जाँदै गर्दा बेहोस भएको उल्लेख गरेका छन् ।
संसदमा महत्वपूर्ण निर्णय हुने दिन आफ्नो दलको नेता र दललाई नै आफ्नो अवस्थाका बारेमा जानकारी नदिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

उता नेपाली कांग्रेससहित ३ दलले १६ गते निकालेको विज्ञप्तिमा पनि चरक अस्पतालको व्यवहारप्रति शंका व्यक्त गरेका थिए । सांसद शाही हस्पिटल प्रवेश गरेको बेलाको सिसिटिभी फुटेज देखाउन समेत उनीहरुले माग गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width