पोखरा । गण्डकी प्रदेशमा सत्ताको खेल भइरहँदा यतिखेर चर्चामा छन्, राजीव गुरुङ (दीपक मनाङे) । विगतमा गुण्डागर्दी क्रियाकलापमा होस्, स्वतन्त्रबाट चुनाव लडेर गण्डकी प्रदेशसभामा ‘माननीय’ बन्दा होस् वा अहिले मन्त्री बन्दा । उनी निरन्तर चर्चामा छाइरहे । बिहीबारमात्रै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल बिस्तार गर्दै उनलाई युवा तथा खेलकुद मन्त्री बनाए ।
आफूविरुद्ध अविश्वास प्रस्ताव किनारा नलाग्दै मुख्यमन्त्री गुरुङले विगतमा विवादित छविका राजीवलाई मन्त्रीको पगरी दिएपछि सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी पनि बर्सिरहेको छ । बिहीबार पदस्थापनका गरेका नवनियुक्त मन्त्री गुरुङको सपथपछिकोे पहिलो दिन शुक्रबार कसरी बित्यो त ? आमचासो हुन हुन्छ । किनकि उनले आफै भनेका छन्, ‘यो सरकार १०/१५ दिनमै पनि ढल्न सक्छ । म हट्न पनि सक्छु । जति बस्छु राम्रो गर्छु ।’ त्यसैले हरेक दिन उनका लागि महत्वपूर्ण छ ।
प्रधानमन्त्रीको क्रिटिसाइज हुन्छ, रिक्सावालाको त कसैले गर्दैन । अब यो बुझ्नोस् हाम्रो क्रिटिसाइज सुरु भयो भने हामीहरु ठूलोे मान्छे भएछौं
त्यसैले होला मन्त्रालय सम्हालेको पहिलो दिन मन्त्री राजीव गुरुङको व्यस्तता एक्कासी बढ्यो । उनले भने, ‘अहिलेसम्म ४ वटा योजना छिनोफानो लगाइसकेँ । चाहने हो भने छोटो अवधिमा पनि धेरै काम गर्न सकिन्छ ।’ पहिलो दिन खादा, माला र बुकी बोकेर मन्त्रालयमा भेट्न धाउनेहरु धेरै देखिए । मन्त्री पनि छक्क पर्दै भने, ‘अहिलेसम्म साढे ३ सय जना आइसक्नुभयो।’
उनका अनुसार सबैभन्दा पहिले गण्डकी प्रदेशका प्रमुख सचिवसँग कुराकानी भयो । पहिलेका मन्त्रीले के के गरेका छन्, बाँकी काम चाँडाे सकेर बजेट फ्रिज गर्न नदिनेबारे कुराकानी भएको छ । त्यसपछि उनीसँग गण्डकीकै नवनियुक्त खेलकुद परिषद्का सदस्यसचिव तेज गुरुङसँग भेट भयो । नियुक्तको २ महिना हुन लाग्दा अफिस नभएको गुनासोपछि उनले पोखरा रंगशालाभित्र बनाउनेबारे निर्णय भएको बताए ।
मन्त्रालयमा १ करोड ५० लाख रुपैयाँ बाँकी रहेको जनाउँदै उनले सो रकम खेलकुद क्षेत्रमै खर्चिने बताए । साथै प्रदेशका ११ जिल्लाबाट छानिएर आउने खेलाडीलाई पोखरामा खाने, सुत्ने व्यवस्था मिलाउँदै क्लोज क्याम्पमा राख्न खर्च गर्नेबारे सल्लाह भएको बताए ।
उनले भने, ‘काम गर्नका लागि १५/२० दिन धेरै हो । किनकि हिजो (बिहीबार) हामीले एउटा (योजना) पास गरिसकेका छौं । आज (शुक्रबार) ३ वटा ओके भइसकेको छ । चाहने हो भने हुँदो रहेछ । मन्त्रीलाई डायलगमात्र हान्नु हुँदैन । सके बसौंला, नसके छोडौंला ।’
विगतमा गुण्डागर्दीमा लागेको र अहिले आएर मन्त्री बनेकोबारे सामाजिक सञ्जालमा प्रशंसाभन्दा गाली बढी आएको छ भन्ने जिज्ञासामा उनले ‘प्रधानमन्त्रीको क्रिटिसाइज हुन्छ, रिक्सावालाको त कसैले गर्दैन । अब यो बुझ्नोस् हाम्रो क्रिटिसाइज सुरु भयो भने हामीहरु ठूलोे मान्छे भएछाै ।’
राजनीति आफ्नो लागि रहर नभएको स्पष्ट पारे । ‘म पोलिटिसियन बन्छु भनेर आएको पनि होइन । हामीले टिभी हेरेर नेतालाई गाली गर्छौ, मैले पनि गरेंँ । मैले यदि काम गर्न सकिनँ भने गाली गरेको नेतासँग सरी भन्छु । राम्रो काम गरे भने उहाँहरुले मसँग सरी माग्ने हो, मैले काम गर्न सकिनँ भने मैले सरी माग्नुपर्छ ।’
युवालाई कसरी परिचालन गर्ने भन्नेबारे आफ्नो योजना रहेको खुलाउँदै भने, ‘खाली भएको जग्गा युज गर्ने हाम्रो प्लान छ ।’ उनले पोखरा रंगशाला सार्वजनिक सम्पत्ति भएको उल्लेख गर्दै बचाउनुपर्ने धारणा राखे ।
उनका अनुसार हामीले कहिले पनि सोच्नु हुँदैन कि ५ वर्षका मन्त्री बन्ने तर ५ महिनाका लागि नबन्ने । हामीहरु यही कामका लागि चुनिएर आएका हौं । जनमोर्चाले सरकारलाई यदि सहयोग गरेन भने अभियस्सी यो सरकार जान्छ । यो त लाटालाई पनि थाहा भएको कुरो हो । खाली मानिसले नबोलेको मात्र हो । मैले बोल्दिएँ ।
पोखरा–१० रक्षामार्ग बस्ने मन्त्री गुरुङ अन्य बेला सधैँ १० बजे उठ्थे । पहिलो दिन भने आफू ८ बजे उठेको र निकै उत्साहित बनेको उल्लेख गरे । कार्यालय समयमै मन्त्रालय पुगेका उनी खेलकुद क्षेत्रका व्यक्तिहरुसँग भेटघाटपछि साँझ जिल्ला खेलकुद विकास समितिको पदाधिकारीको शपथमा सामेल भएका थिए । अन्त्यमा उनले भने, ‘भोलि शनिबार हो । धेरै सेड्युल छ । व्यस्त हुन्छु ।’ मनाङ जिल्ला क्षेत्र (ख) बाट प्रदेशसभा स्वतन्त्र लडेर चुनाव जितेका उनी सांसद हुँदै मन्त्री बनेका हुन् ।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
हिमालयन र एलपी देवकोटा फाइनलमा
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
hero news full width
मुख्य समाचार
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१