कास्की । जिल्लाको विकट क्षेत्र मानिने मादी गाउँपालिका–१० थुम्सीकोटमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा शुरु भएपछि स्थानीयवासी उत्साहित भएका छन् । सो प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले तीन जना एमबिबीएस चिकित्सकले उपचार सेवा प्रदान गर्न शुरु गरेसँगै १२ वडा रहेको गाउँपालिका र छिमेकी जिल्ला लमजुङको उत्तर पश्चिमी क्षेत्रका नागरिकले समेत स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
विसं २०७२ देखि आधारभूत स्वास्थ्य सेवा दिइँदै आइएकामा यस वर्षदेखि गाउँपालिकाले स्रोत व्यहोर्ने गरी एक र नेपाल सरकारको छात्रवृत्तिबाट दुई गरी तीन जना चिकित्सकले सेवा दिन शुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले बताउनुभयो । हालै मात्र नेपाल सरकारको रु सात करोड ७१ लागतमा प्राथमिक स्वास्थ्य केन्द्रको सुविधासम्पन्न भवन निर्माण भएर सोही भवनबाट सेवा शुरु भएसँगै उपचार सेवा प्रवाहमा सहज भएको बताइन्छ । यसअघि भाडाको घरबाट सेवा दिइएको थियो ।
सडक पूर्वाधार र पोखरासँगको पहुँचका हिसाबले विकट गाउँमा चिकित्सकसहितको स्वास्थ्य सेवा प्रवाह भएपछि स्थानीयवासी खुःशी छन् । स्थानीय महिला सञ्जालका अध्यक्ष सिर्जना अर्यालले जिल्लाको दुर्गम भेग भनेर चिनिएको ठाउँमा सुविधासम्पन्न अस्पतालको सेवा शुरु भएसँगै उपचार अभावमा अकालमा ज्यान गुमाउनुपर्ने दुःखद् अवस्थाको अन्त्य भएको बताउनुभयो ।
विगतमा गाउँमा स्वास्थ्य सेवा नहुँदा बिरामीलाई पोखरासम्म पुर्याउन सास्ती व्यर्होनुपरेकामा हाल गाउँमै उपचार भएपछि आफूहरू लाभान्वित बनेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सामान्य उपचार नआउँदा विगतमा हाम्रा दिदीबहिनी दाजुभाइले ज्यान गुमाउनुको पीडा हाम्रा आँखै अगाडि ताजै छ । अब गाउँमै अस्पताल बनेपछि हामी औधी खुःशी भएका छौँ, मादीको मुहार नै परिर्वतन भएको छ ।” गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोपालचन्द्र बरालले ४६ कोठाको स्वास्थ्य केन्द्रमा दुई प्राइभेट र १२ जनरल गरी १४ शय्या सञ्चालनमा रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार स्वास्थ्य केन्द्रबाट एक्सरे, इसिजी, प्रयोगशाला सुविधा उपलब्ध भइरहेकामा केही महिनाभित्रमा भिडियो एक्सरे सेवा शुरु गर्ने तयारी छ । सो स्वास्थ्य केन्द्रमा हाल तीन एमबिबीएस चिकित्सक, अहेव तीन, स्टाफ नर्स एक, प्रयोगशाला प्राविधिक एक र कार्यालय सहयोगी तीन जना कार्यरत छन् ।
गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम)ले प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान गरिने उपचार सेवालाई विस्तार गर्दै लगिएकाले पूर्वी मादीका जनतालाई सहज भएको बताउनुभयो । नेपाल सरकारको ‘एक स्थानीय तह एक अस्पताल’को योजनाअनुसार मादीकै वडा नं ७ को छाचोक (खन्टारी) मा १५ शय्याको स्वास्थ्यचौकी निर्माणको शिलान्यास भइसकेकाले मादीका सबै वडाका नागरिकलाई सहजरूपमा गाउँमै स्वास्थ्य उपचार सेवा उपलब्ध हुने अध्यक्ष गुरुङको भनाइ छ ।
उहाँले भन्नुभयो, “पछाडि परेको गाउँपालिकामा अहिले विकासले गति लिएको छ । स्वास्थ्य संस्थासहित पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरेका थियौँ । यसको परिणामसमेत देखिँदै गएको छ, जनताले परिर्वतनको अनुभूति गरेका छन् ।” गाउँपालिकाले यसै वर्ष दुईवटा एम्बुलेन्सको व्यवस्था गरेको छ । एउटा गाउँपालिकाको आन्तरिक स्रोतबाट खरिद गरिएको र अर्को भारतीय राजदूतावासको सहयोगमा एम्बुलेन्स सेवा गाउँमा शुरु गरिएको प्रशासकीय अधिकृत सापकोटाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “जनतालाई अस्पतालसम्म पुर्याउन सहज होस् भनेर यसै वर्र्ष दुईवटा एम्बुलेन्सबाट सेवा दिन शुरु गरेका छौँ । एउटा गाउँपालिकामा र अर्को प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको छ । आवश्यकतानुसार जनताको सेवामा सहुलियत दरमा प्रयोग गर्ने गरिएको छ ।”
कृष्ण दवाडी कास्की /रासस
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१