चरक हस्पिटलको सिसिटिभीको रेकर्ड देखाउन माग

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०७८
charak

पोखरा । जनमोर्चाका सांसद खीमविक्रम शाहीलाई शंकास्पद अवस्थामा राखिएको पोखराको चरक मेमोरियल हस्पिटलको सिटिसिभी फुटेज देखाउन कांग्रेस लगायत दलहरुले माग गरेका छन् ।

सांसद शाही कतिबेला अस्पताल पुगेका हुन्, उनी हिँडेर पुगेका हुन् या गाडीमा लगिएको हो भन्ने पनि थाहा हुन सकेको छैन । अझ उनी अहिले चरक अस्पतालमै छन् कि छैनन् भन्ने सम्म पनि आशंका गरिएको छ ।

उनका भाइ जुनविक्रम शाही अस्पतालमा दाजुसँगै रहे पनि अरुलाई भेट्न नदिँदा आशंका उब्जिएको हो ।

जनमोर्चाले आजै विज्ञप्ति निकालेर अस्पतालमा शाहीलाई कसैसँग भेट गर्न नदिएको र बन्दीको रुपमा राखिएको आरोप लगाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width