कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्छ : महामन्त्री कोइराला

Avatar आदर्श समाज सम्वाददाता
वैशाख १४, २०७८
sashanka koirala

पोखरा । नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले वर्तमान राजनीतिक अवस्थालाई निकासमा पु¥याउन काँग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन् ।
नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीका पिता स्व. हर्कबहादुर केसीको १३ औं पुण्यतिथिमा आज पोखरा–२८, देउमाडीमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै महामन्त्री कोइरालाले मुलुकमा जब संकट आउँछ, तब काँग्रेसले नै निकास दिने गरेको बताए ।

ओली सरकारको अकमण्र्यताको कारण पनि यो सरकारलाई अब धेरै दिन राख्न नहुने उनको जिकिर थियो । उनले मुलुक कोभिड–१९ बाट आक्रान्त भएको अवस्थामा आफ्नै दुइतिहाइको सरकारलाई भंग गरी मुलुकलाई अराजकता र अस्थिरतातर्फ पु¥याएको उनको आरोप थियो ।

डा. कोइरालाले काँग्रेसको महाधिवेशनबारे बोल्दै समयमा महाधिवेशन हुनुपर्नेमा जोड दिए । उनले काँग्रेसले महाधिवेशन गर्न सकेन भने संवैधानिक संकट आउने दाबी गरे ।
स्व. केसीको योगदानको स्मरण गर्दै डा. कोइरालाले स्व. केसीले देखाएको बाटोमा हिड्न सकेमा मात्र काँगे्रसले समाजवादको लक्ष्य भेट्न सक्ने बताए ।

कार्यक्रममा काँग्रेस नेता शुक्रराज शर्माले स्व. हर्कबहादुर केसी कुशल अभिभावक र प्रजातान्त्रिक योद्धा भएको स्मरण गरे ।

अर्का नेता पूर्व मन्त्री यज्ञबहादुर थापाले पंचायतकालमा पनि प्रजातन्त्रको पक्षमा डटेर लड्ने अभिभावक गुमाएकोमा चिन्ता गरे ।

कार्यक्रममा संविधानसभा सदस्य एवं स्याङ्जाका नेता राजु थापाले काँग्रेसका अनेकौं योद्धाहरुको बलले नै नेपाली काँग्रेसले प्रजातन्त्रको अगुवाइ गर्न सकेको बताए ।

श्रद्धाञ्जली सभामा नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं. २८ का इकाइ सभापति विकास गुरुङ, काँग्रेस कास्कीका उपाध्यक्ष आईबहादुर गुरुङ, काँग्रेस नेता वीरबहादुर बुढाथोकी, शिवबहादुर अधिकारी, स्व. केसीका सुपुत्र प्राध्यापक बाबुराम केसी लगायतले स्व. केसीको योगदानको बारेमा बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads

    trending post