बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका– ६ हिरापुरमा आज जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
यस्तै, दुर्घटनामा परी ११ जना घाइते भएकामा दुई जनाको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–९ का ५५ वर्षीय देवीलाल जोशी रहेका बैतडीका प्रहरी प्रवक्ता किशोर सिंह ऐरीले जानकारी दिनुभयो ।
यस्तै, दुर्घटनामा परी जिपका चालक दशरथचन्द नगरपालिका–९ का २५ वर्षीय तारन जोशी र सोही ठाउँका ३७ वर्षीय शिवदत्त जोशी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । उनीहरु दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । दुलहादुलहीसहित अन्य घाइतेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
कञ्चनपुरको महेन्द्रनगरबाट जन्ती बोकेर बैतडीको ग्वाल्लेकतर्फ आउँदै गरेको सुपप्र ०१–००१ ज ३७७ नंको जिप आज साढे ५ बजेतिर दरशथचन्द राजमार्गअन्तर्गत बैतडीको हिरापुरमा दुर्घटनामा परेको हो । दुर्घटनाका कारण खुल्न सकेको छैन । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
मोटरसाइकल दुर्घटनामा २ युवकको मृत्यु
गिभिनाकी आमाको सडक दुर्घटनामा मृत्यु, भाइले गरे आत्महत्या
बन्दीपुरमा बस ठोक्किँदा बसचालकको मृत्यु, २९ घाइते
पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
hero news full width
मुख्य समाचार
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१