पोखरा विश्वविद्यालयका सबै परीक्षा स्थगित

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०७८
pu

पोखरा । पोखरा विश्वविद्यालयले सबै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ ।

विश्वविद्यालयले सोमबार स्नातक तहको परीक्षा सञ्चालन गर्ने तयारी गरे पनि  सिसिएमसीको निर्णय आएको भन्दै अर्को सूचना नभएसम्म परीक्षा रद्ध गरेको सूचना निकालेको हो ।

परीक्षा नियन्त्रक प्राडा टेकराज ज्ञवालीले सरकारको निर्णयपछि मात्र परीक्षा हुने बताए ।

विश्वविद्यालयको प्रशासन खुल्ने र सबै प्राध्यापकहरुलाई अनलाइन माध्यमबट पढाउन र विद्यार्थीहरुलाई सोही अनुसार तयार रहन  उपकुलपति प्राडा प्रेम नारायण अर्यालले अनुरोध गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width