मुकुन्दशरण वाङ्मय परिषदमा कृष्ण

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०७८
mukundasharan

हेमजा । मुकुन्दशरण वाङ्मय परिषद नेपाल पोखरा २५ कास्कीको तेस्रो अधिवेशन आइतबार हेमजामा भएको छ । अधिवेशनले कृष्णप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

परिषद नेपालको उपाध्यक्ष लोकमणि पौडेल, महासचिवमा बलराम पौडेल, सचिव देबु गौतम, कोषाध्यक्षमा भुवनेश्वर शर्मा र सहसचिव कालिचरण पराजुली छन् । त्यस्तै अन्य सदस्यमा कृष्णशरण उपाध्याय, गायत्री घिमिरे, पुष्पा केसी, प्रेमराज पहारी र मोहनराज पौडेल छन् ।

महाकाव्यकार जनार्दन त्रिपाठीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेमजा सहित्य प्रतिष्ठानका अध्यक्ष छन्दमणि त्रिपाठीले बोलेका थिए । कार्यक्रममा कोषाध्यक्ष शिव त्रिपाठीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

परिषद नेपालका अध्यक्ष नारायणप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष देवुकृष्ण काफ्लेले स्वागत र सञ्चालन महासचिव डा. बलराम अधिकारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • जरोटुप्पोमा सम जयन्ती र सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच…
  • सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महोत्सव तयारी तीव्र पारिएको छ । सराङकोटलाई…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…
  • पोखरा वडा २७ को आफ्नै भवन

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    लेखनाथ । पोखरा महानगरपालिका वडा २७ को भवन उद्घाटन गरिएको छ । साविक लेखनाथ नगरपालिका कार्यालय परिसरको जग्गामा नवनिर्मित वडा…

hero news full width