स्याङ्जा । मानव अधिकार तथा शान्ति समाज स्याङ्जाले विविध कार्यक्रम गरी शनिवार १५ औं लोकतन्त्र दिवस मनाएको छ । सो अवसरमा अन्तक्र्रिया, सम्मान एवं चियापान गरियो ।
कार्यक्रममा एमनेष्टी इन्टरनेशनल स्याङ्जाका संस्थापक सभापति ओमप्रकाश शर्माले ठूला बलिदानी, त्याग र समर्पणले उपलब्ध लोकतन्त्रको रक्षा गर्न राजनेता चुकेको बताए ।
शासन व्यवस्था परिवर्तन भए पनि नेताका चरित्र परिवर्तन हुन नसक्दा ठूला आन्दोलनका उपलब्धि रक्षा गुम्ने खतरा बढेको उनको भनाइ छ ।
कार्यक्रममा समाजका केन्द्रीय प्रतिनिधि हरिप्रसाद रेग्मी, पूर्व सभापति पृथ्वीप्रसाद पोखरेल, निवर्तमान सभापति प्रकाश डोटेल, पूर्व उपसभापति केशवराज लम्साल, रेडियो एवं टेलिभिजनका प्रबन्धक रमेश गोदार लगायतले लोकतन्त्रको संस्थागत विकासका लागि अधिकारकर्मी एकजुट हुनुपर्ने बताए ।
समाजका सहसचिव हरिप्रसाद अर्याल, सदस्य रामप्रसाद लम्साल, गंगादेवी पोखरेल, विपीन्द्रमान श्रेष्ठ लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
मानव अधिकार तथा शान्ति समाजका सभापति धु्रवबन्धु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति भवानीशंकर पोखरेलले स्वागत, कोषाध्यक्ष शान्ति अर्यालले धन्यवाद एवं सचिव भवानी अधिकारीले सञ्चालन गरेकी थिइन् ।
सो अवसरमा पत्रकार महासंघको गण्डकी प्रदेश सदस्यमा निर्वाचित समाजका निवर्तमान सभापति प्रकाश डोटेल, लायन्स डिस्ट्रिक्ट चियरपर्सनमा मनोनीत संस्थाका उपसभापति भवानीशंकर पोखरेल र पत्रकार महासंघ जिल्ला उपाध्यक्षमा निर्वाचित संस्थाकी सचिव भवानी अधिकारीलाई बधाई एवं सम्मान गरियो ।
Related News
सम्बन्धित समाचार
पुतलीबजार र अर्जुनचौपारी जोड्ने पुल उद्घाटन
गुरुङ दम्पत्तीले बनाए बुद्ध मूर्ति
प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम
शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम
hero news full width
मुख्य समाचार
पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला
हिसान गण्डकी फुटसल सुरु
फागुन ४, २०८१गायिका समीक्षा अधिकारी सम्मानित
फागुन ४, २०८१बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
फागुन ३, २०८१पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१