स्याङ्जा । नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाको पाँचौं अधिवेशनवाट निर्वाचित पदाधिकारी तथा सदस्यको सपथ तथा पदस्थापन बुधबार भएको छ ।
गत २५ गते सम्पन्न निर्वाचनमा निर्वाचित जिल्ला कार्य समितिका सदस्यलाई निर्वाचन अधिकृत तुलसी गिरीले सपथ गराए । सपथ तथा पदस्थापनपछि सम्बोधन गर्दे नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले मुलुकले संघीय व्यवस्थाको कार्यान्वयन गरिरहेका बेला पत्रकार जगतले संघीयताको अनुभूत गर्न नपाएको बताए । उनले भने ‘प्रेस कार्डदेखि अन्य सेवाका लागि पत्रकारले अझै केन्दकै भर पर्नुपरेको छ ।’
मोफसलमा रहेर पत्रकारिता गर्नेहरुका पीडा र मर्का आफूले बुझेको बताउँदै अध्यक्ष पोखरेलले ती समस्या समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । पत्रकारका लागि स्वास्थ्य बिमा, व्यावसायिक पत्रकारिता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आवाज उठाइ साकार बनाउने योजना रहेको अध्यक्ष पोखरेलको भनाइ छ । प्रेस स्वतन्त्रता संकुचन गर्ने गतिविधि विरुद्धका आवाज बुलन्द गराउँदै पत्रकारिताको विकासका लागि केन्द्रदेखि मोफसलका पत्रकारसँगसँगै हातेमालो गरेर हिँड्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय पूर्वउपाध्यक्ष गंगााधर पराजुली, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यद्वय छविलाल तिवारी र सरीता तिमिाल्सिना, नेपाली कांग्रेसका कार्यवाहक सभापति वुद्धिबहादुर राना (कुमार), नेकपा एमाले माधव नेपाल समूहका नेता राजेन्द्रप्रसाद मरासिनी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष भूमिजंग केसी, प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य दीपक लम्साल, पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नवराज सुवेदी लगायतले पत्रकार र पेसागत दायित्वका बारेमा सुझावसहित निष्पक्ष पत्रकारिताका आवश्यकताका बारेमा आआफ्ना धारणा व्यक्त गरे ।
पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष भवानी अधिकारीले स्वागत, पूर्व अध्यक्ष एवं गण्डकी प्रदेश सदस्य प्रकाश डोटेलले धन्यवाद एवं सहसचिव तोलाकान्त बगालेले गरेका थिए ।
यसैगरी, सोही कार्यक्रममा अध्यक्ष शर्माले नवनिर्वाचित अध्यक्ष श्रीकृष्ण सिग्देललाई महासंघको माइन्युट हस्तान्तर गर्दै सबैलाई समेटेर अघि बढ्न सुझाव दिए ।
स्याङ्जाको पाँचौ अधिवेशनले श्रीकृष्ण सिग्देलको अध्यक्षतामा निर्विरोध समिति चयन गरेको थियो । प्रेस युनियन र प्रेस संगठनका गठबन्धनले सिग्देललाई अध्यक्षमा निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा भवानी अधिकारी र राधाकृष्ष्ण डुम्रे, सचिवमा प्रतीक्षा काफ्ले, सहसचिवमा तोलाकान्त बगाले र भूपराज बस्याल, कोषाध्यक्षमा रमेश (एकबहादुर) गोदार निर्वाचित भएका छन् । यसैगरी, सदस्यमा अमृत अर्याल, खगेन्द्र भण्डारी, जोगराज पाठक, रामप्रसाद लामिछाने, रामु भट्टराई र शालिग्राम पोख्रेल, साधना न्यौपाने, थुमबहादुर (विनोद) रखाली, नारायण विश्वकर्मा छन् ।
यसैगरी, राष्ट्रिय परिषद सदस्यमा ओमप्रकाश शर्मा र रोशन लामिछाने, प्रदेश परिषद सदस्यमा चुत्रबहादुर महत र प्रेमनारायण रेग्मी र हिमाल न्यौपाने निर्वाचित भएका निर्वाचित अधिकृत अधिवक्ता तुलसी गिरीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
ज्येष्ठ नागरिक समाजबाट सम्मान
प्रेस चौतारीबाट पत्रकार पौडेल र गुरुङ सम्मानित
सल्युट गोर्खाको रक्तदान
लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१