पोखरा, ८ वैशाख । वर्ष उत्कृष्ट खेलाडी (महिला) विधामा उत्कृष्ट ३ मनोनयनमा परेकी पार्वती गुरुङ तेक्वान्दो खेलाडी हुन् ।
तेक्वान्दोको पुम्से विधाको र्याङ्किङमा नेपालकै नम्बर १ पार्वती नेपाली प्रहरीमा आवद्ध छिन् । नेपालबाट एशियन गेम्समा कसैलाई पठाउनु पर्याे भने सर्वप्रथम उनकै नाम अग्रपंक्तिमा आउँछ । त्यसैले त पार्वतीलाई नेपालमा भएको १३ औं सागमा दोहोरो पदक दिलायो । साग इतिहासमै पहिलो पटक १३ औं संस्करणदेखि सहभागिता गराइएको पुम्सेअन्तर्गत २४–२९ वर्ष उमेर समूहमा उनले १ स्वर्ण (एकलतर्फ) र १ कास्य (जोडी पुम्सेतर्फ) पदक जितेकी हुन् । सागमा श्रीलंकन खेलाडीलाई फाइनलमा हराउँदै स्वर्ण जित्न सफल पार्वतीको यस्तो खेलाडी हुन्, जो कोरियन एम्बास्डर नेश्नल तेक्वान्दो च्याम्पियनसीप (चौथोदेखि नवौंसम्म) हरेक पटक गोल्ड मेडल आफ्नो नाममा लेखाउँदै आएकी छन् ।
चीनमा हुने एशियन गेम्सको लागि तयारीमा रहेको बताउने पार्वतीको एउटै लक्ष्य छ–ओलम्पिक सहभागिता ।
यस अलावा आठौं राष्ट्रिय खेलकुदमा २ स्वर्ण र १ रजत पनि उनकै नाममा छ । उनले एकल र जोडी पुम्सेतर्फ २ स्वर्ण र टिमतर्फ १ रजत जितेकी हुन् ।
लमजुङको दूधपोखरी गाउँपालिका ३, बेत्यानीकी पार्वती बाबु ओमलाल र आमा कुमारी गुरुङ दम्पतीका ३ छोरीमा उनी कान्छी हुन् । २ दिदीको विहेवारी भैसके पनि २५ वर्षीया पार्वती भने पहिले करियर बनाएपछि मात्र विहे गर्ने सोचमा छिन् ।
९ वर्षको उमेर छँदा चितवनमा उनले पहिलो प्रतियोगिता खेलेको स्मरण गरिन् । क्रमशः खेल्दै जाँदा राष्ट्रिय टिममा परेसँगै पछाडि फर्केर हेर्नुपरेको छैन । राखेप च्याम्पियनसीपमा रजत, प्रथम लुम्बिनी नेश्नल च्याम्पियनसीपमा गोल्ड मेडल विजेता पार्वती १८ औं एशियन गेम्स, जार्कातामा नेपालको तर्पmबाट खेलेकी थिइन् । थाइल्याण्डमा भएको सातौं तिराक ओपन तेक्वान्दो च्याम्पियनसीपमा गोल्ड मेडलधारी पार्वती दर्जनौं खेलकै सिलसिलामा इटाली, मलेसिया, भियतनाम, कोरिया लगायत देश पुगेकी छन् ।
चीनमा हुने एशियन गेम्सको लागि तयारीमा रहेको बताउने पार्वतीको एउटै लक्ष्य छ–ओलम्पिक सहभागिता ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पाँचौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट महिलातर्फ मनोनयनमा परेकोमा आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिइन् । सो विधामा पार्वतीसहित तेक्वान्दोकै प्रशंसा क्षेत्री र साइक्लिङकी जमुना थापा मनोनयनमा छन् । विजेताले २ लाख सहित अवार्ड प्राप्त गर्ने छन् ।
Related News
सम्बन्धित समाचार
हिसान गण्डकी फुटसल सुरु
१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको वर्चश्व
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
आहारारामा को होला च्याम्पियन ?
hero news full width
मुख्य समाचार
पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला
गायिका समीक्षा अधिकारी सम्मानित
फागुन ४, २०८१बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१