पोखरा । नेपाल नाई संघ कास्कीले प्रकाशन गरेको भित्तेपात्रो पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले विमोचन गरेका छन् । भित्तेपात्रो उद्घाटनपछि अध्यक्ष कोइरालाले नाई पेसाकर्मीलाई उद्योग वाणिज्य संघमा आबद्ध हुन आग्रह गर्दै निजी क्षेत्रको योगदानलाई सरकारले भुलेको आरोप लगाए । उनले नाई संघलाई सहयोग गर्न आफू तयार रहेको बताए ।
नाई संघ जिल्ला अध्यक्ष विगुलाल ठाकुरको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लालबाबु ठाकुरले कोरोना समयमा होसियारी पूर्वक सेवा सञ्चालन गर्न अनुरोध गरे ।
कार्यक्रममा नेपाल नाई संघ गण्डकी प्रदेशका उपाध्यक्ष सन्तोष ठाकुर, सचिव ध्रुव ठाकुर, यातायात मजदुर संघका गण्डकी प्रदेश अध्यक्ष किरणबाबु पन्त, नेपाल कारखाना श्रमिक संघका केन्द्रीय उपमहासचिव केशवराज भट्टराई, नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका सहसचिव केदार धमला, नाई संघका अगुवा नेता भुनेषकुमार ठाकुर, नाई संघका जिल्ला सचिव दीपा ठाकुर, आनन्द ठाकुर, एनटियुसी कास्कीका युवा समिति संयोजक सूर्य पराजुली लगायतले बोलेका थिए ।
नाई संघ कास्कीले नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीका पिता हर्कबहादुर केसी, नाई संघका वरिष्ठ उपाध्यक्ष लालबाबु ठाकुरका छोरा धर्मनाथ ठाकुर र अंकुर ठाकुरप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
Related News
सम्बन्धित समाचार
पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य
पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति
नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग
मेला हेरे मोबाइल !
ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन
hero news full width
मुख्य समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१