पोखरा । पोखरा विश्वविद्यालयका नवनियुक्त रजिस्टार सहप्राध्यापक डा. दीपकबहादुर भण्डारीले पदभार ग्रहण गरेका छन् ।
प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले डा. भण्डारीलाई आइतबार रजिस्टार नियुक्त गरेका थिए । उनको कार्यकाल ४ वर्ष हुनेछ ।
पोखरा विश्वविद्यालयको सभाकक्षमा नवनियुक्त रजिस्टार भण्डारीलाई स्वागत गर्दै उपकुलपति प्राडा अर्यालले धेरै समयको प्रतीक्षापछि विश्वविद्यालयले पूर्णकालीन रजिस्टार पाएको बताए । उनले विश्वविद्यालयभित्रैबाट रजिस्टार नियुक्ति हुनु सकारात्मक भएको उल्लेख गरे ।
नवनियुक्त रजिस्टार डा. भण्डारीले विश्वविद्यालयलाई आउँदा दिनमा कसरी अगाडि लैजाने भन्ने विषयमा बिजनेस डेभलपमेन्ट प्लान बनाई अगाडि बढ्ने बताए । पोखरा विश्वविद्यालयसँग धेरै राम्रा शैक्षिक कार्यक्रम रहेको तर भौतिक पूर्वाधार पर्याप्त नभएकाले अपेक्षित प्रगति हासिल गर्न नसकेको उल्लेख गर्दै उनले भौतिक पूर्वाधार निर्माण आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।
कार्यक्रममा पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष सहप्राध्यापक रघुनाथ अधिकारी, निवर्तमान रजिस्टार स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेजका प्राडा विष्णुराज तिवारी, व्यवस्थापन संकायका डिन प्राध्यापक हरिबहादुर खड्का, मानविकी तथा सामाजिक शास्त्र संकायका डिन सहप्राध्यापक डा. अजय थापा, स्कुल अफ डेभलपमेन्ट एन्ड सोसल इन्जिनियरिङका स्कुल निर्देशक डा. रामप्रसाद अर्याल, पोखरा विश्वविद्यालय प्राध्यापक संघका सभापति उपप्राध्यापक हेमराज पाण्डे, कर्मचारी संघका सभापति उपप्रशासक शिवराज पण्डितले विश्वविद्यालयको वर्तमान अवस्था, चुनौती र अवसरबारे बोलेका थिए ।
नवनियुक्त रजिस्टार भण्डारीले त्रिविबाट एमबिएसमा स्नातकोत्तर र वित्तीय अर्थशास्त्रमा युकेबाट विद्यावारिधि गरेका छन् । ११ वर्षदेखि पोवि स्कुल अफ बिजनेसमा सहप्राध्यापक पदमा कार्यरत छन् । उनले पाविको विषम परिस्थितिमा ९ महिना रजिस्टार भई कार्यानुभवसमेत लिइसकेका थिए भने उनीसँग व्यवस्थापन संकायमा डिन र सहायक डिनको अनुभव छ ।
Related News
सम्बन्धित समाचार
शिव शक्तिमा नवआगन्तुक विद्यार्थीको स्वागत, विद्यार्थीलाई रोजगार सुनिश्चित
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
संस्कृत माविको १२४ औं अभिभावक दिवस
हेम्जा आवासीयमा पुरस्कार वितरण
मदरल्याण्डमा बृहत् सांस्कृतिक दिवस सुरु
hero news full width
मुख्य समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१