फाइल तस्बिर
दमौली । कोरोनाविरुद्धको दोस्रो मात्रा खोप तनहुँमा वैशाख ७ र ८ गते लगाइने भएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यको संयोजकत्वमा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले दोस्रो मात्रा खोपको समय निर्धारण गरेको हो ।
गत माघ १४ देखि २४ तथा फागुन २ देखि १० गतेसम्म खोप लगाएका कर्मचारी, पत्रकार, वृद्धवृद्धा, जनप्रतिनिधि तथा सफाइ कर्मचारीलाई खोप लगाउन लागिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए । दोस्रो मात्रा खोप लगाउन पहिलो मात्रा लगाएको खोप कार्ड अनिवार्य ल्याउनुपर्ने स्वास्थ्य कार्यालय प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।
दोस्रो मात्रा खोप लगाउन दमौली अस्पताल, स्वास्थ्य कार्यालय भवन, कैदी बन्दी, वृद्धवृद्धाका लागि सम्बन्धित स्थानमा, पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र, भानु स्वास्थ्य चौकी, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, खैरेनीटार स्वास्थ्य चौकी, भीमाद प्राथमिक स्वास्थ्य केन्द्र, बन्दीपुर अस्पताल र डुम्रे आधारभूत स्वास्थ्य केन्द्र तोकिएको छ ।
यस्तै घिरिङ स्वास्थ्य चौकी र साभुङ स्वास्थ्य चौकी, भीरकोट स्वास्थ्य चौकी र कोटदरबार स्वास्थ्य चौकी, देवघाट धर्मास्थल अस्पताल, आँबुखैरेनी स्वास्थ्य चौकी, कृष्ण मन्दिर वृद्धाश्रम, थर्पु स्वास्थ्य चौकी र जामुने स्वास्थ्य चौकीमा खोप अभियान सञ्चालन हुने बताइएको छ ।
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१