पाेखरा । गण्डकी सरकार दही जमे झैं जमेर बसेको छ । कामका हिसाबले बिग्रिएको ठाउँमा २ नम्बर छ, नत्र सबैतिर १ नम्बर छ । यसरी काम गरेको सरकारको विकल्प किन खोज्नुपर्यो, सत्ताधारी दलले ? मेरो प्रश्न त्यहाँ निर हो । नेपाली कांग्रेस प्रतिपक्षी हो, उसको त धर्म नै हो । चित्रबहादुर जी बामपन्थीको सरकार बनोस् भन्ने चाहना राख्नुहुन्छ, प्रदेशमा भइरहेको सरकारलाई हटाएर स्थिरता हुन्छ कि अस्थिरता हुन्छ ? संघीय शासन प्रणालीमा सिधै माथिबाट चलाउने पद्धतिले संघीयतालाई सघाउ पु¥याएन । बामपन्थीको सरकार ढालेर गैर बामपन्थीको सरकार बनाउनु प्रतिगामी कम हो ।
माओवादी पार्टी मुख्यमन्त्री हुने होइन, मन्त्री त मैले नै दिइरहेको छु नि । सन्दर्भले राजीनामा दिए पनि केही बिग्रेको छैन, फेरि आउन सक्नुहुन्छ । ढोका खुलै छ, छलफलको ढोका खोल्नका लागि पनि अधिवेशन अन्त्य गरेको हो । गुड फेथको लागि गरेको हो । अविश्वासको प्रस्तावसँग भागेको होइन । म जस्तो लोकतान्त्रिमा विश्वास गर्ने व्यक्ति भाग्छ ? संसदमा अविश्वासको प्रस्तावमा थापिनुपर्छ भन्ने थाहा छैन र ? खाली मैले यसमा राम्रै छलफल गरौं न त भनेर अधिवेशन रोकेको हो ।
संघीय शासन प्रणालीमा सिधै माथिबाट चलाउने पद्धतिले संघीयतालाई सघाउ पुर्याएन
अविश्वासको प्रस्ताव फिर्ता हुन पनि सक्छ, नहुन पनि सक्छ । राजनीतिमा असम्भव भन्ने चिज सम्भव हुन्छ नि । माथिका नेताहरुसँग नै छलफल गरौं न १ पटक । प्रचण्डसँग कुरा गरौं, बाबुरामसँग गरौं । देउवासँग भइरहेकै हुन्छ । सिजफायर खोलौं न त । के कारण चित्त दुखेको छ, उहाँहरुलाई ? जनमोर्चा सरकारमा जानका लागि यस्तो गरेको जस्तो पनि लाग्दैन । सरकारमा सहभागी हुँदैनौं भनेका छन् । म त सबैमा सहमतिको सम्भावना देख्छु । कांग्रेसलाई भनेको थिएँ, आउनुस् सरकारमा । २ तिहाइको सरकार बन्छ, काम गर्न सजिलो हुन्छ भनेको थिएँ । अरुसँग पनि कुरा भइरहेको छ । माओवादीको संसदीय दलको नेतलाई त मुख्यमन्त्रीसँग चोचोमोचो मिलाएको आरोप नै छ । आजै बाबुराम भट्टराईसँग फोनमा कुरा गरें । माथि सरकार हटाउने निर्णय भएको छैन भन्नुभो । यहाँ के कुराले काम गरिरहेको छ ?
अब काठमाडौंमा गएरै छलफल गर्छु । शुक्रबार कामठमाडौं जाँदै छु । पृथ्वीसुब्बालाई ठूलै भ्रष्टाचार गरेर हटाएको हो कि ? संघीयता विरोधी काम गरेर हटाएको हो कि ? या वामपन्थी पार्टीसँग गरेको सहमति विपरीत कुदेर भएको हो कि ? या प्रतिपक्षी कांग्रेसलाई अपमान गरेर भएको हो कि ? त्यस्तो त केही छैन नि । तपाईंहरुले बुझ्नु होला, ७ जना मुख्यमन्त्रीमध्ये सबैभन्दा फरवार्ड भएर काम गरेको, सबैलाई मिलाएर लगेको मैले नै हो । पृथ्वीसुब्बाको सवाल होइन, मुख्यमन्त्रीहरुको हैसियत के हुन्छ भन्ने हो । काठमाडौंमा रिस उठेको बिरालोले पोखरामा आएर खाँबो चिथोर्छ भन्छन् नि । केपी ओलीको रिस ममाथि पोखेर राजनीति हुन्छ ? लोकतन्त्र बलियो हुन्छ ? हाम्रो समृद्धिको अभियान अघि बढ्छ ? बढ्दैन नि । रिस उठेको भए संघको सरकार नै हटाउन । बल गर न त्यहिँ । प्रदेश सरकार हटाउन खोजेर हुन्छ ?
केपी ओलीको प्यानलमा हामी कतै न कतै आवद्ध छौं । नेताले गरेको निर्णय मन परे पनि नपरे पनि मान्नैपर्छ ।
हाम्रो पार्टीले प्रदेश प्रमुख हटाउने सोच बनाएको छैन । मैले त हिजो पनि नहटाऊ भनेको हो । बाबुराम कुँवरजी प्रति मलाई गर्व लाग्थ्यो । तर पार्टीले निर्णय गर्दा मिलाएर गरेको होला । अहिलेको प्रदेश प्रमुख अमिक शेरचन पनि सम्मानित हुनुहुन्छ । उहाँलाई हटाएर लोकतन्त्र बलियो हुन्छ जस्तो लाग्दैन । लोकतन्त्रको आन्दोलनमा उहाँको ठूलो भूमिका छ । उहाँ जति सच्चा देशभक्त कमै पाइन्छ । अब अधिवेशन प्रदेश प्रमुखले आह्वान गर्ने हो । सरकार प्रमुखको हिसाबले म सहयोग गर्छु । (गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँगको कुराकानीमा आधारित)
Related News
सम्बन्धित समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१