काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख टेड्रोस एडहोनम गिब्रिएसुसले कोरोना महामारी तत्काल नसकिने बताएका छन्।
सार्वजनिक स्वास्थ्यका लागि प्रभावकारी कदम चालिए केही महिनामा यसलाई नियन्त्रणमा लिन सकिने भए पनि यो भाइरस तत्काल जानेवाला भाइरस नभएको टिप्पणी उनले गरे।
अहिलेसम्म विश्वभर ७८ करोड डोज कोरोना भ्याक्सिन लगाइसकिएको जानकारी उनले दिए। यद्यपि, महामारी सकिने कुरा कोसौं टाढा रहेको उनले बताए। डिसेम्बर २०१९ मा चीनको वुहान सहरबाट फैलिन सुरु भएको कोरोना भाइरस (पछि कोभिड–१९ नामकरण गरिएको) बाट अहिलेसम्म १३ करोड ६५ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। यीमध्ये २९ लाख ४४ हजार ५०० को ज्यान गइसकेको छ।
डब्लुएचओका प्रमुखले भने, ‘जनवरी र फेब्रुअरीमा लगातार ६ साता कोरोना संक्रमणमा कमी आएको थियो तर, पछिल्ला सात हप्ता संक्रमण तीव्र गतिमा बढिरहेको छ। पछिल्ला चार सातामा त मृतकको पनि संख्या बढ्दो क्रममा छ।’
जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डब्लुएचओ प्रमुखले भने, ‘महामारीसँग लड्न भ्याक्सिन शक्तिशाली हतियार हो तर यसको मतलब भ्याक्सिनबाटै महामारीलाई हराउन सकिन्छ भन्ने होइन।’ भौतिक दूरी, मास्क र हात धुने तथा स्यानिटाइज गर्ने आदत बसाल्न र त्यसलाई नछोड्न उनले आग्रह गरे।
‘कोरोनालाई मामुली फ्लू सम्झिने गल्ती नगरौं। यो भाइरसले युवा र अन्य स्वस्थ मानिसको पनि ज्यान लिइरहेको छ,’ उनले भने, ‘जो संक्रमित भएर ठिक भएका छन्, उनीहरुलाई पनि पछि के असर देखिन्छ भन्ने स्पष्ट भइसकेको छैन।’
Related News
सम्बन्धित समाचार
वर्ष खेलाडीको चर्चा
लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
राेहितलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१