लमजुङ । जनमत वाङ्मय प्रतिष्ठानले ३७ औं वार्षिकोत्सवमा पत्रकार नवराज पहाडीसहित ५ सञ्चारकर्मीलाई सम्मान गरेको छ । कार्यक्रममा लमजुङका पहाडी, अर्घाखाँचीका ठाकुर बेलबासे, झापाका टंक उप्रेती, सिन्धुलीका लक्ष्मी भट्टराई र काठमाडौंका सुरेशकिरण मानन्धर सम्मानित भएका हुन् । उनीहरुलाई सम्मानपत्र, दोसल्ला, मेडल र नगदले सम्मान गरिएको थियो ।
उनीहरूलाई क्रमश जनमत जनक प्रधान सेवा सम्मान ०७६, दीपा जनमत सम्मान ०७६, जनमत जनक प्रधान सेवा सम्मान ०७५, भारती जनमत साहित्यिक पत्रकारिता सम्मान ०७५, गणेश÷खिलकुमारी ढुवाल जनमत सम्मान ०७६ बाट सम्मान गरिएको हो ।
गत वर्ष कोभिड १९ का संक्रमणले भएको बन्दाबन्दीका कारण जनमतको वार्षिकोत्सव कार्यक्रम रोकिएकाले २०७५ र ०७६ सालका सम्मान एकैसाथ हस्तान्तरण गरिएको प्रतिष्ठानका अध्यक्ष मेहन दुवालले बताए । उनका अनुसार अन्य सम्मानित हुने स्रष्टाहरू रविकिरण ‘निर्जीव’ (चितवन), राजा शाक्य(काठमाडौं), शेषराज शिवाकोटी (दोलखा), भागीरथी श्रेष्ठ (गुल्मी), रीता ताम्राकार(सुनसरी), सोमकाजी शाक्य (काभ्रे), यशु श्रेष्ठ (रौतहट), मुकुन्दप्रसाद उपाध्याय (सिन्धुली), रामबहादुर पहाडी (पाल्पा) र डा. राजेन्द्र काँजु (काभ्रे) छन् । उनीहरूलाई २०७५ सालको जनमत सम्मान प्रदान गरिएको दुवालले बताए ।
जनमत सम्मान २०७६ बाट हरिराम जोशी (ललितपुर), प्राडा उषा ठाकुर (काठमाडौं), सुलोचना मानन्धर धिताल (काठमाडौं), सरोजा खड्गी (मोरङ), छायाँदत्त न्यौपाने ‘बगर’(पर्वत), प्राडा रमेशचन्द्र अधिकारी (धादिङ हाल काठमाडौं), प्राडा गोविन्दराज भट्टराई (ताप्लेजुङ, हाल काठमाडौं) र प्राडा सुमनराज ताम्राकार(काभ्रे) सम्मानित भएको जनमत डटकमकी सम्पादक सुजना दुवालले बताइन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले जनमतले व्यापार व्यवसायको केन्द्र बनेपालाई जनतमत परिवारको एकल प्रयासले पछिल्ला वर्षमा साहित्य र संस्कृतिको केन्द्रका रुपमा स्थापित गर्न सफल भएको बताए । उनले भने, ‘यसका लागि मोहन दुवालको योगदान कम छैन, त्यसबारेमा राज्यसमेत अनभिज्ञ छैन र राज्यकातर्फबाट दुवाललाई उचित सम्मान गर्ने भएको छ ।’ कार्यक्रमका विशेष अतिथि राजनीतिज्ञ एवं निबन्धकार दिनानाथ शर्माले राजनीतिको उखरमाउलोबाट सुस्ताउन आफूले साहित्यको छहारीमा रमाउने गरेको बताउँदै नेपाली साहित्यको आकाशमा जमनतको योगदान झिक्ने हो भने नेपाली साहित्यको इतिहास अधुरो रहने बताए ।
सम्मानित व्यक्तित्वद्वय प्राडा गोविन्दराज भट्टराई र प्राडा रमेशचन्द्र अधिकारीले जनमतले सराहनीय कार्य गरेको भन्दै यो क्षेत्रमा काम गर्ने सबैले अनुसरण गर्नुपर्ने बताए ।
जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालको अध्यक्षता भएको कार्यक्रममा दुजना दुवालले स्वागत तथा भगवती तिमिल्सिनाले धन्यवाद ज्ञापन गरेकी थिइन् ।
यसैबीच जनमत प्रकाशनद्वारा प्रकाशित विभिन्न व्यक्तित्वका ४ कृति विमोचन गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
दलित पत्रकार संघ गण्डकीमा पूर्ण
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१