पोखरा । पर्वतको पैयुँ गाउँपालिका–६ सरौंखोलास्थित डाँडाकाहुँका आगलागी पीडितलाई राहत वितरण गरिएको छ ।
गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले शनिबार प्रदेश सरकारतर्फबाट तत्कालका लागि पीडितलाई प्रतिघर १० हजार रुपैयाँ, टेन्ट हाउस, त्रिपाल लगायत सामग्री प्रदान गरे ।
मन्त्री लम्सालले थप सहयोगका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाए । गर्मी बढिरहेको तथा हुरी बतास चल्न सुरु भएको यस समयमा विगत केही दिनदेखि प्रदेशका वनजंगलमा डढेलो तीव्र रुपमा फैलिएकोले सजग हुन उनले आग्रह गरे ।
शुक्रबार दिउँसो जंगलमा लागेको डढेलो डाँडाकाहुँको बस्तीमा पस्दा ५ घर र १२ गोठ जलेर नष्ट भएको थियो । आगलागीबाट स्थानीय शेरबहादुर गौतम, नमप्रसाद सापकोटा, रेशमलाल गौतम, रेशमलाल सापकोटा र जयकला सापकोटाका घर जलेका छन् । स्थानीय खड्कप्रसाद गौतम, एकनारायण गौतम, चोलाकान्त सापकोटा, छविलाल गौतम, उमेश गौतमको घरमा समेत आगलागीले क्षति पुर्याएको छ । १२ गोठ जलेको र भैंसी, गोरु र बाख्रासमेत मरेको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
hero news full width
मुख्य समाचार
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१