Representative Image
गोरखा । माछा मार्न त्रिशूली नदीमा गएका एक युवकको छ दिनपछि शव फेला परेको छ । गोरखाको शहीद लखन थापा गाउँपालिका–४ ठेउवाटार घर भएका २२ वर्षीय धनबहादुर प्रजाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।
यही चैत्र २३ गते सोमबार साँझ साथीहरुसँगै घरबाट माछा मार्न भनेर नदीमा गएका प्रजा नफर्किएपछि उनको खोजी हुँदै आएको थियो । प्रजाको शव त्रिशूली नदी किनारमा फेला परेको प्रनाउ दाहालले बताउनुभयो । उनलाई नदीले बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता प्रजाको सोही रातिदेखि खोजी भए पनि फेला पर्न सकेका थिएनन् ।
स्थानीयवासीले शहीद लखन थापा गाउँपालिका–४ स्थित भुते बगरको त्रिशूली नदी किनारमा शव तैरिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रजाको शव परीक्षण गरी अन्येष्टिका लागि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
लायन्स आदर्श चौतारीको शिविर
गण्डकी थोक औषधी व्यवसायीमा काफ्ले
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१